१७ चैत्र २०७९, शुक्रबार

Mar 31, 2023

बुटवल । रुपन्देहीको भैरहवामा केन्द्रीय कार्यालय सहित बुटवल, कपिलवस्तु जिल्लाको जितपुर र चन्द्रौटामा सेवा शाखा कार्यालय रहेको मन्जुश्री बहुउदेश्यीय  सहकारी संस्था दोस्रो  वार्षिक साधारणसभाले खिमराज भण्डारीको अध्यक्षतामा नयाँ नेतृत्व चयन गरेको छ । नयाँ गठन भएको सञ्चालक समितिको उपाध्यक्षमा कल्पना अधिकारी, सचिवमा भेषराज वस्ती र कोषाध्यक्षमा युवराज पन्थी चयन भएका छन् । 

सदस्यहरुमा प्रीती शर्मा र मोह्मद रहिस मियाँ र मन्जु बस्याल चयन भएका  छन् । कृष्ण घिमिरेको संयोजकत्वमा गठन भएको लेखा समिति सदस्यमा यमलाल पाण्डे र रन्जना खड्का घिमिरे चयन भएका छन् । साधारण सभामा बोल्दै लुम्बिनी प्रदेको मुख्यमन्त्री तथा मन्त्री परिषद् कार्यालयका कानून सचिव  राजेन्द्र थापाले सहकारीका विचमा सदस्यता शुद्धिकारण जरुरी रहेको बताए । उनले विभिन्न सहकारीको कारण अहिले सिंगो सहकारी नै बदनाम हुने  अवस्था आएको भन्दै यो सहकारीले आर्थिक सुसासनको अधिकतम प्रयोग गर्ने अपेक्षा व्यक्त गरे ।  सहकारी सुरुवात गरेको पहिलो बर्षमा नै सहकारीले गरेको कार्य राम्रो रहे्को भन्दै उनले सहकारीको मुखय विम्बको रुपमा रहेको साधारणसभाले विशेष छलफल तथा महत्पूर्ण निर्णय गर्ने बताएका थिए ।

राष्ट्रिय सहकारी बैंक भैरहवाका शाखा प्रमुख आलोक सिवाकोटीले सहकारीले गर्ने आधारभूत सर्वमान्य सिद्धान्तलाई जहिले पनि पूर्णरुपमा पालन गर्नुपर्ने बताएका थिए । उनले सहकारीको सिद्धान्नको पूर्ण पालना गर्दै  मुल्य र मान्यताको आत्मसाथ गर्दै जानुको विकल्प नभएको बताए ।
कार्यक्रममा हिालय एभरेष्ट ईन्स्योरेन्सका कृष्ण घिमिरे, लुम्बिनी जव लिंकका सञ्चालक रामचन्द्र अर्याल, लगायतले आ आफ्नो भनाई  राखेका थिए । कार्यक्रममा उत्कृष्ठ शेयर सदस्य, ऋणी तथा बचतकर्ताहरुलाई सम्मान गरिएको थियो ।

Advertisement

प्रतिकृया दिनुहोस्

Flash News

कुनै विचार बोकेकालाई ‘वाइपास’ गरेर नेपाल पत्रकार महासंघ चल्दैन भैरहवामा मेयर कप चैत २२ गतेदेखि चलचित्र बिकास बोर्डका अध्यक्ष केसीको गुनासो : काम गर्न अधिकार नै छैन खसीबोका चोरी गर्ने र किन्ने तीनजना पक्राउ न्यायको पर्खाइमा प्रसूति महिला, श्रीमान फरार भएपछि शिशु र आमाको बिचल्ली नवनियुक्त मन्त्रीहरुले लिए पद तथा गोपनियताको शपथ सरकार विस्तारपछि नयाँ रेकर्ड बनाउने गरी काम गर्छौं : प्रधानमन्त्री खानेपानीमन्त्री अब्दुल खानले दिए राजीनामा उपनिर्वाचन : तनहुँ र बारामा २६ दल दर्ता पार्टीभित्र भागवण्डा नमिलेपछि काँग्रेसले बुझायो चार मन्त्रीको मात्रै नाम माल्टा पठाउने नाममा ठगी राष्ट्रपति र प्रधानमन्त्रीबीच भेटवार्ता, दिउँसो ३ बजेका लागि शपथको तयारी दाइजाे प्रथा र महिला हिंसाविरुद्ध मधेशमा सडक नाटक प्रदर्शन एकैदिन तोलामा एक हजार रुपैयाँ बढ्यो सुनको भाउ लुम्बिनीमा राष्ट्रिय मिडिया सम्मेलन : पत्रकारिताको भूमिका परिवर्तन गर्न मन्त्री शर्माको आग्रह मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु बिमा कम्पनीहरूले लाइसेन्स नवीकरण गर्नु नपर्ने कोरोना जोखिम बढेपछि भारतबाट फर्किने निगरानीमा, सीमामा कडाइ अमेरिकी डलरको भाउ स्थिर रहँदा युरो बढ्यो आईपीओ निष्कासन गर्ने प्रस्तावसहित आज कान्तिपुर टेलिभिजनको विशेष साधारणसभा बस्दै