ताजा अपडेट »

कपिलवस्तुको चन्द्रौटा महोत्सवमा पुस्कल शर्माले दिए दर्शकलाई भरपुर मनोरञ्जन

बुधबार, २० पुस २०७९, २१ : ४९
26 Shares

बुटवल । कपिलवस्तुको चन्द्रौटामा जारी सातौं चन्द्रौटा कृषि पर्यटन तथा औद्योगिक व्यापार महोत्सव २०७९ मा बुधबार चर्चित लोकदोहोरी गायक पुस्कल शर्माले दर्शकलाई भरपुर मनोरञ्जन दिएका छन् ।

महोत्समा शर्माले हालै मात्रै सार्वजनिक भएको ‘सिन्दुर सँग जिन्दगी साट्यो मायाले’ लगायत करिब आधा दर्जन गित गाएका थिए । केही दिन मात्रै सार्वजनिक भएको ‘सिन्दुर सँग जिन्दगी साट्यो मायाले’ अहिले युट्युब ट्रेडिङ नम्बर २५ मा रहेको छ ।

जाडो धेरै रहेपनि चर्चित गायक शर्मा आउने भने पछि आज दर्शकको उल्लेखनीय उपस्तिथि रहेको थियो । बुधबार चर्चित गायक शर्मासहित गायक दामोदर बस्याल, गायिका लक्ष्मी बस्नेत र कुसुम परियारको प्रस्तुति रहेको थियो ।

“कृषि पर्यटन, उद्योग र ब्यापार ब्यवसायीक दिगोपना हाम्रो मुख्य आधार” भन्ने मुल नाराका साथ पुस ७ गतेदेखी संचालित महोत्सव पुस २१ गतेसम्म चल्ने छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।