ताजा अपडेट »

देउवाले विश्वास पात्र रमेश लेखकलाई बनाए प्रमुख सचेतक

मंगलबार, १९ पुस २०७९, १३ : ५७
26 Shares

काठमाण्डौं । नेपाली कांग्रेसका सभापति एवं संसदीय दलका नेता शेरबहादुर देउवाले रमेश लेखकलाई प्रमुख सचेतक मनोनीत गरेका छन् । 

देउवाले संसदीय दलको विधानको धारा १३ (१) अनुसार लेखकलाई मंगलबार प्रमुख सचेतक मनोनीत गरेका हुन् । देउवाका विश्वास पात्र लेखक कञ्चनपुर ३ बाट निर्वाचित भएका हुन् । अझै दलको उपनेता र सचेतक मनोनीत गर्न बाँकी छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।