१७ चैत्र २०७९, शुक्रबार

Mar 31, 2023

बुटबल । नौलो बहुउदेश्यीय सहकारी संस्थाको १३ औं वार्षिक साधारण सभा तथा ५ औ अधिवेशनले माधब प्रसाद श्रेष्ठको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । बुटबलमा सम्पन्न ५ औ अधिवेशनले उपाध्यक्षमा ललिता वंशी ठकुरी, सचिब सुदन अधिकारी र कोषध्यक्षमा हिराबहादुर केसीलाई चयन गरेको छ ।

Advertisement

सदस्यहरुमा बिकासजँग बस्नेत, बसन्ती देबी उपाध्यय, संगिता पराजुली, तेजबहादुर घर्ती ढोगी, सन्जुकुमारी सुबेदी धर्तिमगर, खेम बहादुर बाह्घरे, दिपक बस्याल चयन भएको बरिष्ठ निर्वाचन अधिकृत पशुपति भण्डारीले जानकारी दिए । सहकारीको लेखा समितिको संयोजकमा अनिल भण्डारी तथा सदस्यहरुमा प्रकास क्षेत्री र गणेश बोहरा चयन भएको निर्बाचन मण्डलले जानकारी दिएको छ ।

नौलो सहकारी संस्था लिमिटेड २०६६ सालमा डिभिजन सहकारी कार्यलय रुपन्देहीमा दर्ता भई २०७० मा बिनियम संसोधनगरी नौलो बहुउदेश्यीय सहकारी संस्था लि कायम भएको थियो । सहकारी ५ औं अधिवेशनका अवसरमा बोल्दै जिल्ला सहकारी संघ रुपन्देहीका अध्यक्ष भिम तुलचानले मर्यादित र आर्थिक अनुशासनलाई पालना गर्दै अघि बढ्न आग्रह गरे । सहकारी नीति, बिधि र प्रविधिले चल्नु पर्नेमा जोड दिँदै उनले अहिलेको अवस्थामा सहकारीले आफ्ना सदस्यहरुसँग मात्र लगानी र कारोबार गर्न आग्रह गरे । आफ्ना सहकारी सदस्य भन्दा बाहिर लगानी गर्दा लगानी नै दुर्घटनामा पर्ने खतरातर्फ उनले सचेत गराए ।

सहकारीका सल्लाहकार वामदेव क्षेत्रीले सहकारी माध्यमबाट समाजमा छरिएर रहेको पूँजीलाई उत्पादनमुलक क्षेत्रमा लगानी गरी सेयर सदस्यहरुको आयआर्जन बढाउन सुझाब दिए । सहकारीमा जम्मा भएको पूँजीलालाई उत्पादन, श्रम र सीपसँग जोड्न सके रोजगारीका अवसरहरु बढ्ने र आय आर्जन बढाउन सकिने तर्क गरे ।

कार्यक्रममा अध्यक्ष माधब प्रसाद श्रेष्ठले वार्षिक प्रतिबेदन प्रस्तुत गदै सहकारीलाई सेबामूखि र नाफामूखि बनाई सदस्यहरुको व्यवसायीक बृद्धी गर्नको लागि योगदान गर्ने बताए । साथै उनले सहकारी समानता, सदभाव आपसी हित र सहयोगको आदान प्रदान गर्दै शेयर सदस्यको आर्थिक उन्नतीमा अग्रसर रहेको जानकारी दिए ।

कार्यक्रममा लेखा समितिको प्रतिबेदन लेखा समिति सदस्य सीता पाण्डेले प्रस्तुत गरेकी थिइन भने कोषाध्यक्षको प्रतिबेदन हिराबहादुर के.सी प्रस्तुत गरेका थिए । कार्यक्रममा बुटवल उपमहानगरपालिकाका सहकारी बिभाग प्रमुख गुणाखर खनाल साथै बिभिन्न सहकारीबाट प्रतिनिधित्ब गर्ने प्रतिनिधि लगायतले सहकारीको बारेमा प्रकाश पारेका थिए ।

उपाध्यक्ष ललिता बंशी ठकुरीको स्वागत र सचिब सुदन अधिकारीको सञ्चालनमा कार्यक्रम भएको थियो । सहकारीले बिभिन्न रेमीट्यान्स सेबा प्रदायकहरुसँग सम्झौता गरी देश तथा विदेसबाट पठाएको रकम सर्बसुलभ रुपमा रेमीटेयान्स सेबा दिई रहेको छ । जसमा आइएमई रेमिट, आइएमई पे, नविल, वेस्टन यूनियन, हिमाल रेमीट, प्रभु रेमीटबाट टेलिफोन, बिजुली, पानी बिलिङ, मोबाइल ब्यालेन्स ट्रान्सफर लगायतका सेबा सुबिधा दिँदै आएको छ ।

प्रतिकृया दिनुहोस्

Flash News

कुनै विचार बोकेकालाई ‘वाइपास’ गरेर नेपाल पत्रकार महासंघ चल्दैन भैरहवामा मेयर कप चैत २२ गतेदेखि चलचित्र बिकास बोर्डका अध्यक्ष केसीको गुनासो : काम गर्न अधिकार नै छैन खसीबोका चोरी गर्ने र किन्ने तीनजना पक्राउ न्यायको पर्खाइमा प्रसूति महिला, श्रीमान फरार भएपछि शिशु र आमाको बिचल्ली नवनियुक्त मन्त्रीहरुले लिए पद तथा गोपनियताको शपथ सरकार विस्तारपछि नयाँ रेकर्ड बनाउने गरी काम गर्छौं : प्रधानमन्त्री खानेपानीमन्त्री अब्दुल खानले दिए राजीनामा उपनिर्वाचन : तनहुँ र बारामा २६ दल दर्ता पार्टीभित्र भागवण्डा नमिलेपछि काँग्रेसले बुझायो चार मन्त्रीको मात्रै नाम माल्टा पठाउने नाममा ठगी राष्ट्रपति र प्रधानमन्त्रीबीच भेटवार्ता, दिउँसो ३ बजेका लागि शपथको तयारी दाइजाे प्रथा र महिला हिंसाविरुद्ध मधेशमा सडक नाटक प्रदर्शन एकैदिन तोलामा एक हजार रुपैयाँ बढ्यो सुनको भाउ लुम्बिनीमा राष्ट्रिय मिडिया सम्मेलन : पत्रकारिताको भूमिका परिवर्तन गर्न मन्त्री शर्माको आग्रह मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु बिमा कम्पनीहरूले लाइसेन्स नवीकरण गर्नु नपर्ने कोरोना जोखिम बढेपछि भारतबाट फर्किने निगरानीमा, सीमामा कडाइ अमेरिकी डलरको भाउ स्थिर रहँदा युरो बढ्यो आईपीओ निष्कासन गर्ने प्रस्तावसहित आज कान्तिपुर टेलिभिजनको विशेष साधारणसभा बस्दै