ताजा अपडेट »

बुटवलको एम्स कलेजमा रक्तदान, ८३ युनिट रगत संकलन

आइतबार, १७ पुस २०७९, १६ : ४८
10 Shares

बुटवल । एम्स कलेज बुटवलले अंग्रेजी नयाँ वर्ष एवं टोपी दिवसको अवसरमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । युवा विद्यार्थिहरुलाई सामाजिक उत्तरदायित्व र राष्ट्रियताको भाव सिर्जना गर्न शिरमा टोपिलगाई सदा मmै रक्तदान कार्यक्रम आयोजना गरिएको कलेजका प्रमुख दीपक ढकालले जानकारी गराए ।

कार्यक्रमको प्रमुख अतिथि रक्तदाता समाज, रुपन्देही अध्यक्ष कृष्ण चौहानले युवा विद्यार्थिहरुलाई रक्तदान गर्न अभिप्रेरीत गर्दै रक्तदानको महत्व, लाभ र रक्तदानले पार्ने बहुआयामीक प्रभावको बारेमा मन्तब्य राखे । विशिष्ट अतिथि बुटवल महानगरपालीका वडा नं. ९का वडा अध्यक्ष प्रदीपकुमार श्रेष्ठ, एम्स कलेजका प्रवन्ध निर्देशक गोपाल प्रसाद न्यौपाने, जागरण टोल विकास समितिका अध्यक्ष भोज बहादुर पाण्डे, नेपाल फार्मेसी संघ, केन्द्रीय उपाध्यक्ष किरण ढकाल, लुम्बिनि प्रदेश महासचिव सुभेद्र प्रसाद यादव, आल्मोनिका उपाध्यक्ष राजिव खनाल, क्यासका पूर्व अध्यक्ष राम प्रसाद पाण्डे, क्यास अध्यक्ष लक्षिता खनाल लगायतले रक्तदान कार्यमा सरिक सम्पूर्ण रक्तदाताहरुलाई धन्यवाद ज्ञापन गर्नुका साथै कार्यक्रमको पूर्ण सफलताको लागि शुभकामना व्यक्त गरे ।

कलेजका क्याम्पस प्रमुख दीपक ढकालको अध्यक्षता, क्यासका उपाध्यक्ष दिपेश भूषालको स्वागत मन्तब्यमा सम्पन कार्यक्रमको संयोजन प्राध्यापक सुरज शाक्यले गरेका थिए । रक्तदान गर्नेहरुमा पहिलो पल्ट दिने युवा र महिला विद्यार्थिहरु अधिक रहेको क्याम्पस प्रमुख दीपक ढकालले जानकारी गराए । कार्यक्रमा ८३ युीनट संकलन भएको र आगामी कार्यक्रम आउदो नेपाली नयाँ बर्षकमा सम्पन्न गर्ने ढकालले बताए ।
कलेजले विगत दश वर्ष देखि यस क्षेत्रमा अधिकतम रगत संकलन गरि सम्मानित हुदै आएको छ । कार्यक्रममा एम्स स्कुल, आल्मुनाइ अफ एम्स स्टृडेन्ट्स काउन्सील अफ एम्स स्टुडेन्स, नागरिक अनलाइन डट कमको सहकार्य रहेको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।