ताजा अपडेट »

प्रधानमन्त्रीको सपथअघि सत्ता गठबन्धनको बैठक : मन्त्रिपरिषद् गठनबारे छलफल हुने

सोमबार, ११ पुस २०७९, ०८ : ४८
40 Shares

काठमाण्डौं । प्रधानमन्त्रीको सपथ ग्रहणअघि बिहान ११ बजे संघीय संसद भवनमा सत्तारुढ गठबन्धनको बैठक बस्दै छ । पाँच दलीय गठबन्धन टुक्रियसँगै सरकार गठनका लागि एमालेसहितको नयाँ गठबन्धन बनेको छ ।

नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको सपथअघि नै गठबन्धनको बैठक बस्न लागेको हो । बैठकमा सानो आकारको मन्त्रिपरिषद् आजै गठन गर्ने तयारी गरिएको छ ।

अन्तिम समयमा नयाँ गठबन्धन बनेकाले नयाँ सरकारका लागि प्रधानमन्त्रीबाहेक अन्य पदमा बाँटफाँट गरिएको छैन । आज बस्ने बैठकले उक्त निर्णय गर्ने बताइएको छ । गठबन्धनको बैठक अघि एमालेको आन्तरिक बैठक पनि बस्दैछ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।