ताजा अपडेट »

नवनियुक्त प्रधानमन्त्री प्रचण्डको सपथ आज, सानो आकारको मन्त्रीमण्डल बिस्तार हुने

सोमबार, ११ पुस २०७९, ०६ : ०१
26 Shares

बुटवल । नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको शपथ आज दिउँसो ४ बजे हुने भएको छ । राष्ट्रपतिका प्रमुख स्वकीय सचिव भेषराज अधिकारीले राष्ट्रपति कार्यालयले दिउँसो ४ बजे शपथको कार्यक्रम राखेको जानकारी दिए ।

राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधानको धारा ७६ को उपधारा (२) बमोजिम प्रचण्डलाई नेपालको प्रधानमन्त्री पदमा नियुक्त गरेकी हुन्।

नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपा, जसपा, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी र तीन जना स्वतन्त्र सांसदको समर्थनमा माओवादी अध्यक्ष दाहाल तेस्रोपटक प्रधानमन्त्री नियुक्त भएका हुन्।

उनी यसअघि २०६५ साउनदेखि २०६६ वैशाख २१ गतेसम्म र २०७३ साउन १९ देखि २०७४ जेठ २३ गतेसम्म प्रधानमन्त्री बनेका थिए । प्रचण्ड मुलुकको ४४ औं प्रधानमन्त्री भएका हुन्।

माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच साढे २, साढे २ वर्ष सरकारको नेतृत्व गर्ने सहमति भएसँगै दाहाल प्रधानमन्त्रीमा नियुक्त भएका हुन्। 

प्रधानमन्त्रीको सपथसँगै आजै सानो आकारको मन्त्रीमण्डल समेत गठन हुने भएको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।