ताजा अपडेट »

प्रचण्डलाई प्रधानमन्त्री बनाउन नेताहरू शीतल निवासमा 

आइतबार, १० पुस २०७९, १७ : १९
14 Shares

काठमाडौं । माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई प्रधानमन्त्रीमा सिफारिस गर्न दलका नेताहरु राष्ट्रपति भवन शीतल निवासमा पुगेका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ (२) अनुसार प्रधानमन्त्री पदमा दाबी गर्न दिएको एक साताको समय सकिन केही मिनेट बाँकी रहँदा नेताहरु शीतल निवास पुगेका हुन् । 

एमाले अध्यक्ष केपी शर्मा ओली निवासमा आइतबार अपरान्ह एमाले, माओवादी, राप्रपा, जसपा, राष्ट्रिय स्वतन्त्र पार्टी, जनमत र नागरिक उन्मुपिक्त पार्टीबीच प्रचण्डलाई प्रधानमन्त्री बनाउने सहमति भएको हो ।

उक्त सहमतिपछि १६६ सांसदको समर्थनसहित प्रचण्डलाई प्रधानमन्त्री बनाउन दलका शीर्षनेताहरु ४ बजेर ४३ मिनेटमा राष्ट्रपति कार्यालय पुगेका छन् । एमाले अध्यक्ष ओली, प्रचण्डसहितका नेता शीतल  निवासमा छन् । 
 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।