ताजा अपडेट »

माधव नेपालले भने- प्रचण्ड हामीसँग सल्लाह नै नगरी बालकोट हिँडे

आइतबार, १० पुस २०७९, १५ : १८
18 Shares

काठमाडौं । एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड आफूहरूसँग सल्लाह नगरी बालकोट पुगेको बताएका छन् । पार्टीका नेताहरूसँग अध्यक्ष नेपालले आइतबार यस्तो बिफ्रिङ गरेका हुन् । 

सत्ता गठबन्धनमा रहेको एकीकृत समाजवादी गठबन्धनमा टुटेपछि अन्याेलमा परेको छ । नयाँ सरकार गठनमा एमाले माओवादी सहकार्य हुने भएपछि नेकपा एस अलपत्र परेको हो । यद्यपि, यथास्थितिमा एमालेसँग कुनै सहकार्य नहुने अध्यक्ष नेपालको बिफ्रिङ छ । उनले अब कांग्रेससँगकाे सहकार्य टुङ्गिएकाे पनि साे क्रममा बताए । 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।