ताजा अपडेट »

प्रचण्ड-ओलीलाई बालेनको प्रश्न : देश व्यापार हो कि खेल ?

आइतबार, १० पुस २०७९, १४ : ५८
12 Shares

काठमाण्डौं ।काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीको भेटवार्तालाई लिएर प्रश्न गरेका छन् । 
आइतबार सामाजिक सञ्जालमार्फत मेयर साहले ओली प्रचण्ड भेटवार्ताको तस्बिर शेयर गर्दै देश व्यापार हो कि खेल भन्दै प्रश्न गरेका हुन् ।  

उनले हिजो आफूले कविता लेखेको तर आज नलेख्ने समेत बताए छन् । मेयर बालेनले शनिबार नयाँ सांसदहरूलाई कवितामार्फत गफाडीको संज्ञा दिएका थिए । नयाँ सरकार गठनका लागि बालकोटमा चार दलबीच वार्ता भइरहेको छ । 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।