ताजा अपडेट »

बालुवाटार सुनसान, देशको नजर बालकोटतर्फ

आइतबार, १० पुस २०७९, १४ : ४९
32 Shares

काठमाण्डौं । सत्ता गठबन्धनमा भागबण्डा नमिल्दा प्रधानमन्त्री निवास बालुवाटार क्षणभरमै सुनसान बनेको छ । नयाँ सरकार गठनका लागि निरन्तर छलफलमा रहेको गठबन्धनमा आइतबार अन्तिम समयसम्म सहमति जुट्न नसक्दा राजनीतिक माहौल नै परिवर्तन भएको हो । 

नेपाली कांग्रेसले प्रधानमन्त्री र राष्ट्रपति दुवै पद कसैलाई नदिने अडान लिएपछि गठबन्धन तोडेर माओवादी अध्यक्ष प्रचण्ड बालुवाटारबाट एमाले अध्यक्ष ओली निवास बालकोट हानिएका छन् । बालकोटमा अहिले नयाँ सरकार गठनको लागि छलफल जारी छ । 

उक्त छलफलमा राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने र जनता समाजवादी नेता अशोक राई समेत सहभागी छन् ।  उनीहरुबीच सत्ता सहकार्यमा सहमति जुट्दा आजै सरकार गठन हुन सक्ने सम्भावना प्रबल छ ।  भने, यता पहिलो आम निर्वाचनबाट पहिलो दल बनेको नेपाली कांग्रेस प्रतिपक्षमा बस्ने लगभग पक्का देखिएको छ । 
 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।