ताजा अपडेट »

बालकोट हिडेका प्रचण्ड खुमलटारमा, ओली निवासमा राई, लामिछाने र लिङ्देन

आइतबार, १० पुस २०७९, १४ : १०
14 Shares

काठमाण्डौं । सत्ता गठबन्धनको बैठक छडेर एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न बालकोटतिर लागेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल आफ्नै निवासस्थान खुमलटार पुगेका छन् । उनी सत्ता गठबन्धनमा आफु नरहेकाे बताउँदै वालुवाटार बैठकबाट बाहिरिएका थिए । 

उता, बालकोटमा भने प्रचण्ड पुग्नु अघि नै राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने, जसपाका नेता अशोक राई र राप्रपा अध्यक्ष राजेन्द्र लिङदेन पुगिसकेका छन् । 
 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।