ताजा अपडेट »

गठबन्धनको बैठक सकियो, ओलीलाई भेट्न प्रचण्ड बालकोटतिर लागे

आइतबार, १० पुस २०७९, १३ : २२
23 Shares

काठमाण्डौं । बालुवाटरमा जारी सत्ता गठबन्धनको बैठक सकिएको छ । नयाँ जनादेशअनुसार सरकार गठनका लागि कांग्रेस सभापति शेरबहादुर देउवा, एकीकृत समावादीका अध्यक्ष माधवकुमार नेपाल, एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल बिहान करिब ११ बजेदेखि छलफलमा थिए । 

बैठकको सुरुमा प्रचण्ड, नेपाल र देउवा मात्रै सहभागी थिए पछि खनाल थपिएका हुन् । 

बैठक सकिएलगत्तै माओवादीका अध्यक्ष प्रचण्ड एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न बालकोतिर लागेको स्रोतको भनाइ छ । गठबन्धन बैठकमा सहमित जुट्न नसकेकाे स्राेतकाे भनाइ छ । राष्ट्रपति विद्यादेवी भण्डारीले सरकार गठनका लागि आज बेलुकी पाँच बजेसम्मको समय दिएपछि नेताहरू दौडधुपमा छन् । 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।