ताजा अपडेट »

सरकार गठनको चटारो : देउवा र प्रचण्डको बैठकमा माधव नेपाल प्रवेश

आइतबार, १० पुस २०७९, १२ : १२
8 Shares

काठमाडौं । सरकार गठनका विषयमा सत्तारुढ दलबीच घनिभूत छलफल चलिरहेको छ । सत्तारुढ गठबन्धन आवद्ध दलहरुले आन्तरिक तथा द्वियपक्षीय र त्रिपक्षीय छलफल गरिरहेका छन् ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रधानमन्त्रीसमेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीचको छलफल चलिरहँदा एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपाल पनि प्रवेश गरेका छन् । 

राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री पदमा दाबी गर्न दिएको एक साताको समय आइतबार बेलुका सकिनै लाग्दा दलहरु निर्णायक भन्दै छलफलमा जुटेका हुन् । 

कांग्रेसले राष्ट्रपति र प्रधानमन्त्री दुवै पदमा दाबी गर्दै पहिलो कार्यकाल आफूले पाउनुपर्ने अडान लिँदै आएको छ । यता माओवादीले प्रधानमन्त्रीको पहिलो कार्यकाल आफूले पाउनुपर्ने बताउँदै आएको छ । 

विभिन्न विकल्पमा अहिले नेताहरुबीच कुराकानी भइरहेको छ । 
 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।