ताजा अपडेट »

आलुमा आत्मनिर्भर बन्दै नवलपरासी, ५५ हजार दुई सय ४५ मेट्रिक टन उत्पादन

बुधबार, ०६ पुस २०७९, १६ : ३४
7 Shares

काठमाडौं । नवलपरासी (बर्दघाट सुस्तापूर्व) आलु उत्पादनमा आत्मनिर्भर बन्दै गएको छ । जिल्लामा बर्सेनि आलु उत्पादन हुने यस क्षेत्रमा उत्पादन बढ्दै गएपछि आत्मनिर्भर बनेको हो ।

जिल्लामा यो वर्ष तीन हजार एक सय ७५ हेक्टर क्षेत्रफलमा आलु खेती भएको नवलपुरस्थित कृषि ज्ञान केन्द्रका प्रमुख गोपाल लामिछानेले बताए । ‘गत वर्ष तीन हजार एक सय १५ हेक्टर जमिनमा आलु खेती भएकामा यो वर्ष ६० हेक्टर जमिनमा विस्तार भएको छ, गत वर्ष जिल्लामा ५५ हजार दुई सय ४५ मेट्रिक टन आलु उत्पादन भएको थियो,’ उनले भने ।

जिल्लामा व्यावसायिकरुपले आलु खेती गर्ने किसानको संख्या प्रत्येक वर्ष बढेको तथ्याङ्कमा उल्लेख छ । ‘आलु उत्पादनका हिसाबले नवलपरासी ९बर्दघाट सुस्तापूर्व० आत्मनिर्भर रहेको छ, यो वर्ष समय अनुकूल छ, आलु अत्पादन राम्रो हुने अनुमान गरेका छौं,’ उनले भने ।

यस्तै, मध्यविन्दु नगरपालिका क्षेत्रमा पनि आलु राम्रो उत्पादन हुने गरेको छ । सो क्षेत्रमा व्यावसायिक रुपमा आलु उत्पादन गर्ने कृषक र कृषि समूहको संख्या उल्लेख्य रहेको केन्द्रका सूचना अधिकारी शङ्कर पौडेलले बताए ।

नवलपरासी ९बर्दघाट सुस्तापूर्व० को विनयी त्रिवेणी, हुप्सेकोट, बौदिकाली गाउँपालिका, कावासोती, देवचुली र गैँडाकोट नगरपालिकामा व्यावसायिक रुपमा आलु खेती गर्ने गरिएको छ । सो ठाँउमा उत्पादन भएको आलु स्थानीय बजारका साथै काठमाडौं पनि जाने गरेको छ । उक्त केन्द्रले कृषि समूहमा आलु खेती प्रवद्र्धन कार्यक्रमलाई यो वर्ष पनि निरन्तरता दिएको थियो ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।