ताजा अपडेट »

कांग्रेस संसदीय दलको नेतामा देउवा र गगनको उम्मेदवारी दर्ता

मंगलबार, ०५ पुस २०७९, १६ : १४
23 Shares

काठमाडौं।  कांग्रेसको संसदीय दलको नेताका लागि सभापति शेरबहादुर देउवा र महामन्त्री गगनकुमार थापाले उम्मेदवारी दर्ता गरेका छन् । सिंहदरबारस्थित कांग्रेस संसदीय दलको कार्यालयमा मंगलबार देउवा र थापाले उम्मेदवारी दर्ता गराएका हुन् । 

महामन्त्री थापाको प्रस्तावकमा डा. शेखर कोइराला तथा समर्थकमा उपसभापति धनराज गुरुङ, महामन्त्री विश्वप्रकाश शर्मा र नेता प्रदीप पौडेल छन् भने सभापति देउवाको प्रस्तावकमा रामचन्द्र पौडेल र समर्थकमा उपसभापति पूर्णबहादुर खड्का छन् ।

भाेलि बिहान ८ देखि १० बजेसम्मका लागि संसदीय दलकाे निर्वाचन तय गरिकाे छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।