ताजा अपडेट »

बुटवल बहुमुखी क्याम्पसमा अनेरास्ववियुको रक्तदान, ४७ यूनिट संकलन

सोमबार, ०४ पुस २०७९, १६ : ५४
73 Shares

बुटवल । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन बुटवल बहुमुखी क्याम्पस कमिटिले आयोजना गरेको रक्तदान कार्यक्रममा ७४ युनिट रगत संकलन भएको छ । सोमबार बुटबल बहुमुखी क्याम्पसको प्राङणमा अनेरास्ववियुले रक्तदान कार्यक्रमको आयोजना गरेको हो । क्याम्पस कमिटीका अध्यक्ष गोबिन्द रिजालले रगतको अभावले कसैको ज्यान गुमाउन नपरोस भन्ने उद्देश्यले रक्तदान कार्यक्रम आयोजना गरिएको बताए ।

अनेरास्ववियुका केन्द्रीय उपाध्यक्ष यम पाण्डेले अनेरास्ववियु राजनीतिक परिवर्तनसँगै सामाजिक काममा निरन्तर लागिरहेको बताए । कार्यक्रममा अनेरास्ववियु केन्द्रीय सदस्यहरु बालकृष्ण पाण्डे, नबिन थापा सारु, रुपन्देही जिल्ला अध्यक्ष शेषकान्त पोखरेल, उपाध्यक्ष भरत अर्याल, जिल्ला कमिटी सदस्य सन्तोष अर्याल लगायतको सहभागीता रहेको थियो । विबेक कुंवरको अध्यक्षता र शसांक वस्यालको संयोजकत्वमा कार्यक्रम भएको थियो ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।