२२ जेष्ठ २०८०, सोमबार

Jun 5, 2023

बुटवल । नेपाल एयरलाइन्सले भैरहवादेखि गर्ने भनेको उडान अझै केही दिन ढिला हुने भएको छ । सोमबार आजदेखि गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल, भैरहवाबाट उडान गर्ने मिति तोकेको एयरलाइन्सले आन्तरिक तयारी नपुगेको जनायो ।

Advertisement

दोहा र क्वालालम्पुरबाट भैरहवा हुँदै उडान गर्ने एयरलाइन्सले बताएको थियो। ‘भैरहवा जान केही आन्तरिक तयारी बाँकी छ,’ एयरलाइन्स प्रवक्ता अर्चना खड्काले भनिन्, ‘उक्त विमानस्थलमा जाँदा नाफा र घाटा केकस्तो हुन्छ, त्यसको विश्लेषण गरेर पेस गर्ने र निगमको बोर्ड बैठकले स्वीकृत गरेपछि उडान सुरू गर्ने भनिएको छ।’ प्रवक्ता खड्काका अनुसार नयाँ विमानस्थलमा उडान सुरू गर्दा बोर्ड बैठकले स्वीकृत गर्नुपर्नेछ। यो प्रक्रिया भइरहेकाले केही ढिलाइ हुन सक्ने उनले बताइन्। बोर्डबाट स्वीकृत हुनासाथ केही दिनमै निगमले सूचना निकाल्नेछ र तयारी थाल्ने उनले बताइन ।

एयरलाइन्सले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा उडानका लागि यसअघि नै नेपाल नागरिक उड्डयन प्राधिकरणबाट उडान अनुमति पाइसकेको छ। प्राधिकरणबाट स्वीकृत तालिकाअनुसार नेपाल एयरलाइन्सको एउटा जहाजले काठमाण्डौं-दोहा-भैरहवा-काठमाडौं रूटमा उडान गर्नेछ। त्यस्तै अर्को जहाजले काठमाण्डौं-क्वालालम्पुर-भैरहवा-काठमाण्डौं रूटमा उडान गर्नेछ।

प्राधिकरणका अनुसार दोहाबाट भैरहवामा आइतबार र मंगलबार गरी साताको दुई वटा उडान हुने छन्। त्यस्तै क्वालालम्पुरबाट भैरहवामा हरेक बुधबार (सातामा एक) उडान हुनेछ। प्राधिकरणले सन् २०२२ डिसेम्बर १९ बाट सन् २०२३ मार्च २५ सम्मका लागि यो तालिका स्वीकृत गरिसकेको छ।

प्रतिकृया दिनुहोस्

Flash News

सेयर बजारमा यसकारण आयो करेक्सन भारत भ्रमणमा अपमानित महसुस भएन : प्रधानमन्त्री संसदमा अमरेशको प्रश्न- नागरिकता विधेयक प्रमाणीकरण नगर्ने तत्कालीन राष्ट्रपतिलाई कस्तो कारबाही हुन्छ ? प्रधानमन्त्रीले जवाफ दिन लाग्दा संसदमा होहल्ला अस्ताए महाभारतका शकुनी मामा गुफी राष्ट्रिय सभा बैठकको समय सारियो अरुण भ्याली हाइड्रोपावरले बोलायो विशेष साधारणसभा ‘प्रधानमन्त्री भैंसी चढेर आए’ भन्ने शब्द रेकर्डबाट हटाउन सभामुखको निर्देशन शिशिर खनालले प्रधानमन्त्री भैंसी चढेर आए भनेपछि संसदमा हंगामा तिलोत्तमाको शंकरनगर दुर्गादत्त माविमा अन्तर बाल समूह वत्तृत्वकला प्रतियोगिता नागरिकता विधेयकमा विवाद छैन, अदालतमा पनि पुगिसक्यो : प्रधानमन्त्री भारतीय प्रधानमन्त्री मोदीलाई नेपाल भ्रमणको निम्तो भारतसँग नेपालको भूमि साट्ने कुरा भएको छैन : प्रधानमन्त्री प्रधानमन्त्री प्रचण्डद्वारा भारतकाे भ्रमणबारे सदनलाई जानकारी संसद बैठकमा प्रतिपक्षी दलको विरोध फोक्सिङटार–राजापानी सडक कालोपत्रेको काम सुरु मेरो ध्यान उत्पादन बढाउने र रोजगारी सृष्टि गर्ने तिर छ : प्रधानमन्त्री रुपन्देहीको सिद्धार्थनगरका एमाले सचिव भण्डारीसहित ७४ जनाले दिए राजीनामा सुन चाँदीको भाउ स्थिर विश्व वातावरण दिवसको अवसर पारी पर्यावरण संरक्षण समाजको गठन