ताजा अपडेट »

तिलोत्तमाको माहुरी बचत तथा ऋण सहकारीमा नयाँ नेतृत्व

शनिबार, ०२ पुस २०७९, १७ : ५९
27 Shares

बुटवल । तिलोत्तमाको माहुरी बचत तथा ऋण सहकारी संस्थाको १० औं वार्षिक साधारणसभा तथा तेस्रो अधिवेशनले नयाँ नेतृत्व चयन गरेको छ । शनिबार सम्पन्न अधिवेशनले मिनबहादुर आलेको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो ।

सहकारीको उपाध्यक्षमा ठगप्रसाद न्यौपाने, सचिव इन्द्रमणि भुसाल तथा कोषाध्यक्षमा सुनिता खत्री चयन भएका छन् । यसैगरी सदस्यहरुमा मोहनप्रसाद भण्डारी, ऋता चौधरी, कमला राना, कृष्णप्रसाद न्यौपाने र मनोज कुमार चौधरी रहेका छन् । क्षेत्रबहादुर कार्कीको संयोजकत्वमा ३ सदस्यीय लेखा समिति गठन भएको छ । सदस्यहरुमा दिल्लीराज बस्याल र दुर्गाप्रसाद भुसाल रहेका छन् ।

अधिवेशनका अवसरमा शुभकामना व्यक्त गर्दै तिलोत्तमा-१६ का वडा अध्यक्ष झबिलाल भुसालले सहकारीको मर्म अनुरुप काम गर्न सुझाब दिए । सहकारीमा आवद्ध सदस्यहरुलाई बचतसँगै उत्पादनमा जोड दिन आग्रह गरे । कार्यक्रममा वडा सदस्यहरु हुम बहादुर गाहा, मायादेवि चौधरी तथा मधौलिया ब्याडमिन्टन क्लबका अध्यक्ष केशव सिं चोधरी लगायतले बोल्दै सहकारीको माध्यमबाट बचत गर्ने बानीको बिकास भएको उल्लेख गरे । सहकारीका निवर्तमान अध्यक्ष भिमलाल भुसालले नयाँ नेतृत्वलाई बधाई तथा शुभकामना व्यक्त गर्दै संस्थामा आर्थिक पारदर्शितामा जोड दिए । आर्थिक अपचलन तथा सहकारीको मर्म अनुसार नचल्दा कतिपय संस्थाहरु आर्थिक संकटमा पर्ने गरेको बताउँदै उनले माहुरीमा अहिलेसम्म त्यस्तो नभएको दाबी गर्दै सदस्यहरुमाझ विश्वसनीय बन्नु पर्नेमा जोड दिए ।

संस्थाले वार्षिक साधारणसभाका अवसरमा दुई जना जेष्ठ नागरिक सदस्य, एक जना असल ऋणी र बचतकर्तालाई सम्मान गरेको छ । ८४१ जना सदस्य रहेको सहकारीमा हालसम्म ५ करोड ३२ लाख पूँजी संकलन भएको सचिव इन्द्रमणी भुसालले जानकारी दिए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।