१७ चैत्र २०७९, शुक्रबार

Mar 31, 2023

काठमाण्डौं । प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनमा कूल ४ हजार २८५ उम्मेदवारको धरौटी जफत हुँदा निर्वाचन आयोगलाई दुई करोड ९६ लाख ९० हजार रुपैयाँ आम्दानी भएको छ । निर्वाचन आयोगले सार्वजनिक गरेको अन्तिम निर्वाचन परिणामअनुसार जमानत जफत भएका ४ हजार २८५ उम्मेदवारबाट दुई करोड ९६ लाख ९० हजार रुपैयाँ जमानतबापत जफत भएको हो ।

Advertisement

पहिलो हुने निर्वाचित हुने प्रणालीअन्तर्गत उम्मेदवारले मनोनयन दर्ता गर्दा प्रतिनिधिसभा सदस्यको लागि दश हजार रुपैयाँ धरौटी राख्नुपर्ने नियम छ। प्रदेश सभा सदस्य पदका उम्मेदवारले पाँच हजार रुपैयाँ धरौटी राख्नुपर्ने व्यवस्था छ ।

तर, महिला, दलित वा अल्पसङ्ख्यक समुदाय वा आर्थिक रूपले विपन्न उम्मेदवारको हकमा सो धरौटी रकममा पचास प्रतिशत छुट हुने, कुनै उम्मेदवारको दुई वटा मनोनयन पत्र दाखिला भएको अवस्थामा एउटा मनोनयन पत्रको लागि मात्र धरौटी राख्नु पर्ने आयोगले उल्लेख गरेको छ। 

निर्वाचन आयोगमा प्रतिनिधिसभा निर्वाचनको लागि मनोनयन दर्ता गरेका १७७२ पुरुष उम्मेदवारबाट १७ करोड ७२ लाख रुपैयाँ धरौटी जफत भएको छ भने १८९ जना महिला उम्मेदवारबाट ९ लाख ४५ हजार रुपैयाँ धरौटी जफत भएको छ ।  यस्तै प्रदेश सभातर्फ २०८६ पुरुष उम्मेदवारबाट एक करोड ४३ लाख रुपैयाँ धरौटी जफत भएको छ । 

२३७ जना महिला उम्मेदवारबाट ५ लाख ९२ हजार ५ सय रुपैयाँ धरौटी बापतको रकम जफत भएको छ । भने, एक जना लैंगिक अल्पसंख्यक समुदायका उम्मेदवारबाट २५ सय रुपैयाँ बराबर धरौटी रकम जफत भएको छ ।

प्रदेश सभामा धरौटी जफत भएका कूल २३२४ जना उम्मेदवारबाट १ करोड १० लाख २५ हजार धरौटीबापतको रकम जफत भएको हो ।  यता प्रतिनिधि सभाका कूल १९६१ उम्मेदवारबाट एक करोड ८६ लाख ६५ हजार रुपैयाँ धरौटीबापतको रकम जफत भएको हो । निर्वाचन आयोगका अनुसार प्रतिनिधि सभातर्फ २४१२ जनाले मनोनयन दर्ता गराएका थिए ।  

प्रतिकृया दिनुहोस्

Flash News

कुनै विचार बोकेकालाई ‘वाइपास’ गरेर नेपाल पत्रकार महासंघ चल्दैन भैरहवामा मेयर कप चैत २२ गतेदेखि चलचित्र बिकास बोर्डका अध्यक्ष केसीको गुनासो : काम गर्न अधिकार नै छैन खसीबोका चोरी गर्ने र किन्ने तीनजना पक्राउ न्यायको पर्खाइमा प्रसूति महिला, श्रीमान फरार भएपछि शिशु र आमाको बिचल्ली नवनियुक्त मन्त्रीहरुले लिए पद तथा गोपनियताको शपथ सरकार विस्तारपछि नयाँ रेकर्ड बनाउने गरी काम गर्छौं : प्रधानमन्त्री खानेपानीमन्त्री अब्दुल खानले दिए राजीनामा उपनिर्वाचन : तनहुँ र बारामा २६ दल दर्ता पार्टीभित्र भागवण्डा नमिलेपछि काँग्रेसले बुझायो चार मन्त्रीको मात्रै नाम माल्टा पठाउने नाममा ठगी राष्ट्रपति र प्रधानमन्त्रीबीच भेटवार्ता, दिउँसो ३ बजेका लागि शपथको तयारी दाइजाे प्रथा र महिला हिंसाविरुद्ध मधेशमा सडक नाटक प्रदर्शन एकैदिन तोलामा एक हजार रुपैयाँ बढ्यो सुनको भाउ लुम्बिनीमा राष्ट्रिय मिडिया सम्मेलन : पत्रकारिताको भूमिका परिवर्तन गर्न मन्त्री शर्माको आग्रह मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु बिमा कम्पनीहरूले लाइसेन्स नवीकरण गर्नु नपर्ने कोरोना जोखिम बढेपछि भारतबाट फर्किने निगरानीमा, सीमामा कडाइ अमेरिकी डलरको भाउ स्थिर रहँदा युरो बढ्यो आईपीओ निष्कासन गर्ने प्रस्तावसहित आज कान्तिपुर टेलिभिजनको विशेष साधारणसभा बस्दै