ताजा अपडेट »

पहाडमा बदली, तराईमा हुस्सु

बुधबार, २८ मंसिर २०७९, ०६ : २६
8 Shares

काठमाण्डौं । हाल देशमा उल्लेखनीय मौसमी प्रणाली छैन । प्रदेश १ लगायतका पहाडी भूभागमा आंशिक बदली छ भने तराईका केही क्षेत्रमा हुस्सु लागेको छ । 

दिउँसो प्रदेश १, बागमती र गण्डकीका पहाडी भूभागमा आंशिक बदलीको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ ।  

राति प्रदेश १, मधेश, बागमती, गण्डकी र लुम्बिनीमा आंशिक बदलीको प्रक्षेपण गरिएको छ । बिहीबार प्रदेश १, मधेश र बागमतीमा आंशिक बदलीको आकलन महाशाखाको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।