ताजा अपडेट »

देशका अधिकांश भूभागमा तापक्रम घट्दै

मंगलबार, २७ मंसिर २०७९, ०६ : ३९
14 Shares

काठमाण्डौं । हाल देशमा उल्लेखनीय मौसमी प्रणाली छैन ।  प्रदेश १, मधेश, बागमती र लुम्बिनीमा आंशिक बदली रहेको छ ।

दिउँसो प्रदेश १, मधेश र गण्डकीमा आंशिक बदलीको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ ।  

राति प्रदेश १, मधेश, बागमती, गण्डकी र लुम्बिनीमा आंशिक बदलीको सम्भावना छ ।

बुधबार प्रदेश १, मधेश र बागमतीमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने आकलन गरिएको छ ।

तराईका केही भूभागमा बिहानीपख हुस्सु लाग्न थालेको छ । देशका अधिकांश भूभागमा तापक्रम क्रमिक रूपमा घट्दै गएको छ । चिसोबाट बच्न आवश्यक सावधानी अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।