ताजा अपडेट »

‘मेरो आत्माले शान्ति पाओस’ लेखेर १५ वर्षीया बालिका बेपत्ता, कर्णालीमा हामफागेको आशंका

सोमबार, २६ मंसिर २०७९, १९ : ५९
100 Shares

सिमकोट । सिमकोट गाउँपालिका-७ को धारापोरी गाउँकी एक जना किशोरी बेपत्ता भएकी छन् । धारापोरी गाउँकी १५ वर्षकी परेउकला सिंह सोमबार दिउँसोबाट बेपत्ता भएको प्रहरीले जनाएको छ ।

बेपत्ता हुनुअघि सिंहले मेरो आत्माले शान्ति पाओस् भन्ने लेखेको पत्र धारापोरी प्रहरीलाई प्राप्त भएको थियो । पत्रका आधारमा प्रहरी नजिकैको कर्णाली नदीमा हामफालेको हुन सक्ने आशंका गरेको छ । सोही गाउँपालिका-८ को खोल्सी गाउँका एक जना युवा अनिल शाहीसँग सिंहको प्रेम सम्बन्ध थियो । आइतबार ती युवाले अर्कै युवतीसँग बिहे गरेको जानकारी पाउनेबित्तिकै उनी बेपत्ता भएकी हुन् । बेपत्ता सिंहका परिवारले युवाविरुद्ध प्रहरीमा उजुरी दिएका छन् ।

अहिले प्रहरी र स्थानीय मिलेर सिंहको खोजी जारी राखेको छ । अर्कै केटी बिबाह गरेका शाही पनि बेपत्ता रहेको प्रहरीले जनाएको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।