ताजा अपडेट »

भैरब बचत तथा ऋण सहकारीको पदस्थापन

सोमबार, २६ मंसिर २०७९, १८ : ३२
37 Shares

बुटवल । भैरब बचत तथा ऋण सहकारीमा संस्थाको छैटौं अधिवेशनबाट निर्वाचित पदाधिकारी तथा सदस्यको पदस्थापन भएको छ । देशमा आर्थिक अवस्था कमजोर भएका बेला सहकारीमा रहेका बचतकर्ता ऋणी तथा आपना सदस्यलाई आर्थिक रुपमा सुरक्षित र सबल बनाउन नयाँ नेतृत्वले महत्वपूण भूमिका खेल्नुपर्नेमा सहभागीले जोड दिए ।

लुम्बिनी प्रदेश कोष तथा लेखा नियत्रण कार्यालयका प्रमुख दिपक ज्ञवालीले सहकारी भनेको सानो–सानो रकम जम्मा गरेर बनेको संस्था भएकाले यसको सञ्चालन र ब्यवस्थापन चुस्त दुरुस्त हुनु जरुरी रहेको बताए । देशको आर्थिक अवस्था केही फरक देखिएकाले यो समयमा सहकारी सञ्चालन गर्न कठीन भएपनि यसलाई मध्यनजर गरेर आफ्ना ग्राहक र सदस्यहरुलाई सहज उपयोगी हुनुपर्ने बताए । सहकारीका संस्थापक अध्यक्ष दिपक चापागाईंले सहकारी खोल्ने र सन्चालन गर्ने कुरा केही भिन्न भए पनि पछल्लिो समय सहकारीले ठूलो फड्को मारेको बताए ।

सहकारीलाई सदस्य थप गदै समाजमा सफल र सक्षम बनाउनु पर्ने उनले बताए । संस्थाका अधयक्ष ढाकाराम न्यौपानेले सहकारी लाई उत्कृष्ट बनाउन सबै सदस्यको भूमिका महत्वपूर्ण हुने बताए । संस्थाका पूर्व अध्यक्ष सुशिल नेपाल, निवर्तमान अध्यक्ष नाबदेब पान्डे, सर्मिला ढकाल लगायतले सफलताको शुभकामना व्यक्त गरे ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।