ताजा अपडेट »

बुटवलको औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयमा भाडा वृद्धि खारेजीको माग गर्दै ताला

आइतबार, २५ मंसिर २०७९, १५ : ४१
28 Shares

बुटवल । बुटवल औद्योगिक क्षेत्र उद्योग संघ, बुटवलले औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडले एकलौटी रूपमाऔद्योगिक क्षेत्रको भाडा वृद्धि गरेको भन्दै भाडा वृद्धि खारेजीको मागगर्दै बुटवल औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयमातालाबन्दी गरेका छन् ।

नेपालऔद्योगिक क्षेत्र उद्योग महासंघले घोषणा गरेको चरणबद्ध आन्दोलनको कार्यक्रम अन्तरगत आइतबार कालो ब्यानरसहित बुटवल औद्योगिक क्षेत्र उद्योग संघ, रूपन्देहीउद्योग संघ र नेपालउद्योग परिसंघको नेतृत्वमा गएका उद्योगीहरूले व्यवस्थापन कार्यालयका प्रमुख तथा प्रशासन प्रमुखको कार्यकक्षमा तालबन्दी गरेका छन् ।

कोभिड महामारीका कारण थलापरेका उद्योगहरूको प्रवर्द्धनका लागि योजना ल्याउनुको सट्टा सरकारले अव्यवहारिक रूपमा भाडा वृद्धि गर्नु उद्योग विरोधीकार्य भएको भन्दै उनीहरूले यसअघि नै आन्दोलनको घोषणा गरेका थिए । तालबन्दीपछि आयोजित सभामा बोल्दै बुटवल औद्योगिक क्षेत्र उद्योग संघका अध्यक्ष हिरामणि भट्टराईले आइतबार २४ घण्टाको लागि सांकेतिक रूपमा तालाबन्दी गरिए पनि व्यवस्थापन कार्यालयले निर्णय फिर्ता नलिए थप आन्दोलनमा जाने बताए । नेपालउद्योग परिसंघका लुम्बिनीप्रदेश अध्यक्ष एजाज आलमले औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयले उद्योगीहरुको भावना र सुझाव विपरित एकैपटक ७ सय देखि ८ सय प्रतिशतसम्म भाडा वृद्धि गरेर उद्योग बन्द गराउने षडयन्त्रमा लागेको आरोप लगाए । उनले व्यवस्थापनको मिचाहा प्रबृत्तिका कारण बाध्यभएर आन्दोलनमा उत्रिनु परेको बताए ।

रुपन्देही उद्योग संघका अध्यक्ष माधव प्रसाद पौडेलले वर्तमान असहज अवस्थामा उद्योगलाई कसरी बचाउने र बन्द हुन नदिनेतर्फ सोंच बनाउनु पर्नेमा भाडा बढाएर आंतक सिर्जना गरेको बताउँदै अहिले बढाएको भाडा उद्योगीहरूले तिर्नसक्ने अवस्था नरहेकाले तत्काल भाडा बढाउने निर्णय फिर्ता लिन आग्रह गरे ।

यता, औद्योगिक व्यवस्थापन लिमिटेडले भने करिब १० वर्षदेखि औद्योगिक क्षेत्रको भाडा वृद्धि नभएको र पुरानो बृद्धि गरिएको भाडा उठाउने भनिएको जनाएको छ । औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडको सञ्चालक समितिको निर्णय र निर्देशन अनुसार भन्दै देशभरका व्यवस्थापन कार्यालयले बृद्धि गरिएको भाडा बुझाउन पत्रचार गरेका छन् । बुटवल औद्योगिक क्षेत्रमा हाल प्रतिरोपनी वार्षिक ८ हजार ३ सय २८ रुपैयाँ भाडा लिँदै आएकोमा २०७५ सालमा १६ हजार २ सय रुपैयाँ भाडा निर्धारण गरिएको थियो । यो भाडा वृद्धि ११६ प्रतिशत हो ।

औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडका अनुसार चालु आर्थिक वर्षको १३ करोडसहित देशभरका १० वटा औद्योगिक क्षेत्रमा रहेका उद्योगबाट ५३ करोड रुपैयाँ भाडा बापतको बक्यौता उठाउन बाँकी रहेको े छ । २०७५ साल साउनदेखि लागू हुने गरि लिमिटेडको सञ्चालक समितिले औद्योगिक क्षेत्रको ६३ देखि साढे पाँच सय प्रतिशतसम्म भाडा वृद्धि गरेको थियो । औद्योगिक क्षेत्र सञ्चालन तथा व्यवस्थापन नियमावली, २०७१ को नियम २३ को उपनियम १ मा उत्पादनमूलक उद्योगको हकमा ५/५ वर्षमा भाडादर पुनरावलोकन गर्ने व्यवस्था उल्लेख छ ।

औद्योगिक क्षेत्रको भाडा बृद्धिको विषयमाउद्योग मन्त्रालय, उद्योग संघ र व्यवस्थापन कार्यालय बीच भएको सहमति अनुसार एक छानविन तथा भाडा दर कायमगरि सिफारिस गर्न समिति गठन भएको र सो समितिले प्रतिवेदन नबुझाउँदै भाडा बृद्धि गरिएको उद्योगीहरुको भनाई रहेको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।