ताजा अपडेट »

इन्द्रेणी रजत महोत्सवमा रक्तदान, ४१ यूनिट संकलन

शनिबार, २४ मंसिर २०७९, २० : ३७
33 Shares

बुटवल । बुटवलको सुख्खानगरमा रहेको इन्द्रेणी बहुउद्देश्य सहकारी संस्था लिमिटेडले रजत महोत्सवको अवसर पारेर विभिन्न रचनात्मक कार्यक्रम गरेको छ । रजत महोत्सव अन्तरगत सहकारीले शनिबार रक्तदान कार्यक्रम गरेको हो । रक्तदान कार्यक्रममा ४१ यूनिट रगत संकलन भएको सचिव माया गौतमले जानकारी दिइन् ।

संस्थाका अध्यक्ष धुर्व कुमार धितालको अध्यक्षतामा भएको कार्यक्रमको उद्घाटन गर्दै नेपाल स्वयम्सेवी रक्तदाता समाज रुपन्देहीका अध्यक्ष कृष्ण चौहान क्षेत्रीले रगतको अभावमा कसैले पनि ज्यान गुमाउनु नपर्ने बताए । रगत प्रत्येक तीन÷तीन महिनामा खेर जाने भएकाले रगतदान गर्नु स्वास्थ्यका लागि पनि फाईदाजनक हुने उल्लेख गर्दै उनले नियमित रगतदान गर्नेतर्फ ध्यानदिन आग्रह गरे । कार्यक्रममा सहकारीका उपाध्यक्ष कृष्णप्रसाद अर्याल, कार्यक्रम संयोजक शान्तिलाल बज्राचार्य, संस्थाका सदस्य नवराज पंगेनी लगायतले रगतको महत्वका बारेमा भनाई राखेका थिए ।

रक्त संचार केन्द्र बुटवलको प्राविधिक सहयोगमा भएको कार्यक्रममा रक्तदान गर्ने ब्यक्तिहरुलाई सम्मान समेत गरिएको थियो । इन्द्रेणीले रजत महोत्सवको अवसर पारेर रक्तदान लगायत, सहकारी शिक्षा, वक्तृत्वकला लगायतका कार्यक्रमहरु आयोजना गरेको कोषाध्यक्ष नरबहादुर श्रीसले जानकारी दिए । 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।