ताजा अपडेट »

उद्देश्य मिल्ने सहकारीहरु बीच एकता गरी सेवा विस्तारमा लाग्न जोड

शनिबार, २४ मंसिर २०७९, २० : २८
32 Shares

बुटवल । उद्देश्य मिल्ने सहकारीहरु बीच एकता गरी सेवालाई बिस्तार गर्न विज्ञहरुले सुझाव दिएका छन् । पछिल्लो समय सहकारीमा देखिएको आर्थिक संकटको आतंकबाट बच्नका लागि सेवा विस्तार गर्दै एकै प्रकारका उद्देश्य मिल्ने सहकारीहरु बीच एकता गर्न आवश्यक रहेको उनीहरुले औल्याएका हुन् । भैरब बचत तथा ऋण सहकारी सस्थाको शनिबार आयोजित १५ औं वार्षिक साधारणसभामा सहभागीहरुले सहकारीको अनुशासनमा रहेर चल्ने संस्थाहरु बीच एकता गरेर जान सकिने सुझाब प्रस्तुत गरेका हुन् ।

बुटबल उपमहानगरका सहकारी शाखा प्रमुख गुनाखर खनालले सहकारीहरु मर्जरको नीतिमा जानुपर्ने बताए । सहकारीहरु धेरै भएको तर सेवा बिस्तार हुन नसकेका बताउँदै उनले उद्देश्य मिल्ने संस्थाहरु बीच एकताको आवश्यकता औल्याए । ‘सहकारी भनेको सेवा दिने संस्था हो, यसमा सहकारीका सञ्चालक मात्र हैन ऋणी, बचतकर्ता तथा सेयर सदस्य समेत अनुशासित बनेमात्र संस्था सफल हुन्छ ।’–उनले भने, सबै पक्ष सफल हुन जरुरी छ । सहकारीले मुनाफा मात्रै नहेरेर उत्पादन क्षेत्रसँग जोडेर लग्नु पर्ने उनले सुझाव दिए । इलाका प्रशासन कार्यालय बुटबलका शाखा प्रमुख धुर्ब नेपालले सहकारी सानो–सानो बचतबाट ठूलो पूँजी संकलन गर्ने संस्था भएकाले एक जनाले गलत सिंगो संस्था अप्ठ्यारोमा पर्न सक्ने तर्फ सते गराए । केही सहकारी बढी आम्दानी गर्ने लोभमा बेथीतिले आर्थिक संकटमा परेको उल्लेख गरे ।

प्रदेस कोष नियत्रण कार्यालयका प्रमुख दिपक ज्ञवालीले आथिक व्यवस्थापन चुस्त–दुरुस्त हुनुपर्नेमा जोड दिए । संस्थाका अध्यक्ष देबि प्रसाद भुसालले आर्थिक सुशासनलाई मुख्य मानेर काम गरिरहेको बताए । सहकारीमा आफ्ना सदस्यहरुलाई बेला–बेलामा अध्यन अवलोकन गराएर सहकारी नीति नियम बारे जानकार समेत गराएको उल्लेख गरे । सहकारीमा हाल ४ सय ३७ सदस्य रहेको संस्थाका उपाध्यक्ष केसब राज न्यौपाने जानकारी दिए । संस्थापक अध्यक्ष दिपक चापागाईं, लेखा समिती संयोजक नाराण खनाल, सेयर सदस्य सहदेब श्रेष्ठ, सर्मिला लगायतले शुभकामना व्यक्त गरेका थिए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।