ताजा अपडेट »

तिलोत्तमा सहकारीद्वारा रक्तदान, ५२ यूनिट संकलन

शुक्रबार, २३ मंसिर २०७९, १७ : ३८
60 Shares

बुटवल । तिलोत्तमा सहकारीले आफ्नो २६ औं साधारण सभा तथा १० औं अधिवेशनको अवसरमा रक्तदान गरेको छ । तिलोत्तमा नगरपालिका-२ स्थित सहकारीको आफ्नै भवनमा सम्पन्न कार्यक्रममा ५२ यूनिट रगत संकलन भएको सहकारीका अध्यक्ष माधवलाल देवकोटाले जानकारी दिए  ।

रक्तदान कार्यक्रमको उद्घाटन गर्दै तिलोत्तमा नगरपालिकाका नगरप्रमुख रामकृष्ण खाँणले रक्तदान जस्तो महत्वपूर्ण कार्यक्रम गरेर सहकारीले सामाजिक उत्तरदायित्व बहनको क्षेत्रमा उत्कृष्ट काम गरेको बताए । सहकारीका सल्लाहकार समेत रहेका खाँणले तिलोत्तमा सहकारी चलायमान सहकारी मध्ये उत्कृष्ट  रहेको र यसले आर्थिक सशक्तिकरणका साथै सदस्यहरुको नेतृत्व क्षमता विकासमा समेत महत्वपूर्ण भूमिका खेलेको बताए । सहकारीका अध्यक्ष माधवलाल देवकोटाले सहकारीलाई प्रविधिमैत्री बनाउँदै आफ्ना सदस्यहरुको आर्थिक सशक्तिकरणका लागि उद्यमशिलता तथा स्वरोजगार सिर्जना हुने गरी कार्ययोजना बनाई  लागू गरिएको बताए । पछिल्लो समय ग्राहक केन्द्रित सहकारीहरुमा समस्या देखिए पनि सदस्य केन्द्रित सहकारीहरुमा कुनै समस्या नरहेको उल्लेद गर्दै उनले तिलोत्तमा सहकारी पनि सदस्य केन्द्रित सहकारी भएको बताए ।

सहकारीका सल्लाहकार प्रेमबहादुर भण्डारी, सहकारीका सचिव पार्वती थापा, कायक्रम संयोजक लालबहादुर शाह गुप्ता, सिष्टर सोसाइटीका सचिवालय अध्यक्ष यादा क्षेत्री लगायतले बोल्दै सहकारीको मर्म अनुसार अघि बढ्न आग्रह गरे । करिब ४ हजार शेयर सदस्य रहेको सहकारीको २६  औं साधारण सभा तथा १० औं अधिवेशन शनिबार हुँदैछ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।