१६ माघ २०७९, सोमबार

Jan 30, 2023

काठमाडौं । बागमती प्रदेशसभामा प्रत्यक्षतर्फ पाँचजना महिला सांसद निर्वाचित भएका छन् । कूल ६६ सिट रहेको यस प्रदेशमा ६१ सिटमा भने पुरुष सांसदकै वर्चश्व छ ।

बागमती प्रदेशमा १५ सिटसहित पहिलो दल बनेको नेपाली कांग्रेसबाट २ जना महिला निर्वाचित भएका छन् । काठमाडौंबाट हरिप्रभा खड्गी र सिन्धुपाल्चोकबाट मसिना खड्का निर्वाचित भएका हुन् । १४ सिटसहित दोस्रो बनेको नेकपा माओवादी केन्द्रबाट पनि दुईजना महिला सांसद निर्वाचित भएका छन् । माओवादीबाट विजयी हुनेहरूमा राधिका तामाङ नुवाकोट र कुमारी मुक्तान मकवानपुर रहेका छन् । 

बागमतीमा १३ सिट जितेको नेकपा एमालेबाट महिला सहभागीता शून्य छ । ५ सिट जितेको नेकपा एकीकृत समाजवादीबाट एक जना महिला निर्वाचित भएकी छन् । एकीकृत समाजवादीको तर्फबाट काठमाडौंंबाट प्रदेशसभामा रमा आले मगर निर्वाचित भएकी हुन् । यस प्रदेशमा नेपाल मजदुर किसान पार्टी एक र हाम्रो नेपाली पार्टी एक स्थानमा विजयी भएका छन् । 

Advertisement

प्रतिकृया दिनुहोस्

Flash News

दाङमा कारागारमा रहेकी महिलामाथि करणी आरोपमा एक पक्राउ अश्लील भिडियो बनाई महिलाकाे चरित्रहत्या गर्ने पक्राउ सेयर बजार ४१ अंकले घट्यो माओवादी स्थायी समिति बैठक बुधबार, गृहमन्त्रीबारे छलफल हुने कर्नाटक कन्सर्टमा कैलाश खेरमाथि आक्रमण चन्दा आतंक गर्ने जनतान्त्रिक मुक्ति मोर्चाका संयोजकसहित ४ जना कपिलवस्तुमा पक्राउ नेपाली सिनेमा फेस्ट २०२३ मा अनुमतिविना महापुरुष समावेश गरेपछि षट्कोण आर्ट्सको आपत्ति फागुन २५ मा राष्ट्रपतिको निर्वाचन लाफा बी लेबल भलिबलको उपाधी न्यू होराईजनललाई, आयोजक दोस्रो राष्ट्रिय सहमतिको स्वप्निल राजनीति भोटेकोशीको बगाममा टेलिकमको टावर, पहिलोपटक फोन र इन्टरनेटको सेवा अभियुक्त लक्ष्मी महतो कोइरीको बचाउमा उत्रियो एमाले र कोइरी समाज अमेरिकी उपविदेश मन्त्रीले भेटिन् प्रधानमन्त्री प्रचण्डलाई बुटवलको बुद्धनगरदेखि नहरपूर जोड्ने सडक निर्माणको काम शुरु सुकुम्बासी बस्ती हटाउन मेयर बालेनले मागे प्रधानमन्त्रीसँग सहयोग सहिदहरूको सपना पूरा गर्न सबै एकजुट होऔँ : प्रधानमन्त्री पेट्रोल छर्केर आगो लगाउँदा श्रीमती गम्भीर घाइते, छोराको मृत्यु सूचनाको हकसम्बन्धी विषयमा प्रधानमन्त्रीले छलफल गर्दै बन्दीपुर क्षेत्रका होर्डिङबोर्ड हटाइँदै कार र ट्याक्सी ठोक्किँदा दुई जनाको मृत्यु