ताजा अपडेट »

गण्डकी प्रदेशसभामा प्रत्यक्षतर्फ पुरुष सांसदकै बाहुल्यता, महिला न्यून

विहीबार, २२ मंसिर २०७९, १५ : २७
21 Shares

काठमाडौं ।  गण्डकी प्रदेशसभामा प्रत्यक्षतर्फ पुरुष सांसदको बाहुल्यता देखिएको छ । यस प्रदेश सभाका ३६ सिटमा २ वटामा मात्र महिला उम्मेदवार विजयी भएका छन् । 

विजयी हुनेहरूमा प्रदेश सभामा १२ सिटसहित दोस्रो बनेको नेकपा एमालेबाट सीताकुमारी सुन्दास र पदमा जिसी छन् ।उनीहरू क्रमशः स्याङ्जा प्रदेश निर्वाचन क्षेत्र नम्बर १ र  नवलपरासी (बर्दघाट सुस्ता पूर्व) निर्वाचन क्षेत्र नम्बर १ बाट विजयी भएका हुन् । यस प्रदेशमा सबैभन्दा १८ सिटसहित कांग्रेस पहिलो दल बनेको छ ।  

उक्त दलबाट एक जना पनि महिला उम्मेदवार विजयी भएनन् । यस्तै यहाँ नेकपा माओवादी केन्द्रले ४, नेपाल समाजवादी पार्टीले एक र एक जना स्वतन्त्र सांसद विजयी भएका छन् । 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।