ताजा अपडेट »

धानकाे समर्थन मूल्य कार्यान्वयन गर्न किसानकाे माग

विहीबार, २२ मंसिर २०७९, १० : ५२
39 Shares

भैरहवा । सरकारले प्रमुख कृषि बालीकाे समर्थन मूल्य ताेके पनि कार्यान्वयन नभएकाे भन्दै किसानहरूले प्रमुख जिल्ला अधिकारीलाई ध्यानाकर्षण गराएका छन । अखिल नेपाल किसान महासंघ रुपन्देहीले सरकारले किसानहरू माथि गरेकाे उपेक्षित एवं  बीउ मलकाे अभावले कठिनाई भाेग्नु परेकाे भन्दै जिल्ला प्रशासन कार्यालय रुपन्देहीलाई ध्यानाकर्षण गराएका हुन् । 

नेपाली किसानहरुको हकहितको लागि अविरल संघर्षरत् एवं किसानहरूको आशा र भरोसाको केन्द्रकाे रुपमा महासंघ लाग्दै आएकाे छ । वर्तमान सरकारका गतिविधि एवं निर्णयहरू कार्यान्वयनमा अलपत्र अवस्थामा रहेकोले किसानहरूलाई उत्पादनदेखि बजारसम्म बिक्री गर्न अनेकन कठिनाईहरु भोग्नु परेको महासंघ रुपन्देहीका अध्यक्ष कृष्णप्रसाद पन्थीले बताए । 

सरकारले धानको ढिलै भए पनि समर्थन मूल्य कायम गरेको, तर किसानले बिक्री गर्ने कुनै स्थान या खरिदकर्ताको व्यवस्थापन नगरेकोले किसानहरूले बाध्य भएर कम मूल्यमा बिक्री गर्नु परेकाे, विचौलियाहरू हावी भएकाे भन्दै किसानहरुबाट उत्पादित वस्तुहरु जिम्मा लिने तथा बजार व्यवस्थापन अबिलम्व गर्न माग गरेका हुन् । 

सरकारकाे किसानहरु प्रतिको उपेक्षित मानसिकताका कारण समयमा बिउ, मल, विषादी, कृषि औजार तथा कृषि प्रविधि करण एवं उचित मूल्यमा डिजल, पेट्रोल इन्धन नपाउदा समयमा खेतीपाती लगाउन नसकेको हुँदा यस विषयमा समयमै व्यवस्थापन गरि कृषि सामग्रीहरुको सहजै व्यवस्थापन उपलब्धता गराउन माग गरिएकाे छ ।

सहायक प्रमुख जिल्ला अधिकारी रामचन्द्र अर्यालले ध्यानाकर्षण पत्र बुझ्दै किसानकाे समस्याप्रति ध्यानाकर्षण भएकाे र समस्या समाधान तर्फ कदम चाल्ने बताए ।  

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।