ताजा अपडेट »

निर्वाचन आयोगद्वारा समानुपातिकतर्फको सिट बाँडफाँट, कसले कति पाए ?

बुधबार, २१ मंसिर २०७९, १० : २५
5 Shares

काठमाडौँ । समानुपातिकतर्फ निर्वाचन आयोगले सार्वजनिक गरेको अन्तिम तथ्यांक अनुसार नेकपा एमाले पहिलो दल बनेको छ । समानुपातिकतर्फ एमालेले ३४ सिट प्राप्त गरेको छ ।

नेपाली कांग्रेस समानुपातिकतर्फ दोस्रो स्थानमा रहेको आयोगको भनाइ छ । समानुपातिकमा कांग्रेसले ३२ सिट प्राप्त गरेको छ । त्यस्तै माओवादी केन्द्र समानुपातिकतर्फ पनि तेस्रो भएको छ । माओवादीले समानुपातिकतर्फ १४ सिट पाएको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टीले समानुपातिकमा चौथो हुँदै १३ सिट पाएको छ । राप्रपा समानुपातिकमा पाँचौ भएको छ उसले ७ सिट हात पारेको छ । त्यस्तै जसपा र जनमत पार्टीले समानुपातिकमा छैठौ र सातौ हुँदै ५-५ सिट पाएका छन् ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।