ताजा अपडेट »

पहाडी क्षेत्रमा बदलीको सम्भावना

बुधबार, २१ मंसिर २०७९, ०७ : २६
20 Shares

काठमाडौं । हाल देशमा उल्लेखनीय मौसमी प्रणाली छैन । पहाडी भूभागमा आंशिक बदली छ ।

दिउँसो गण्डकीका पहाडी भूभाग र लुम्बिनीमा आंशिक बदलीको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । बाँकी क्षेत्रमा मौसम सामान्यतया सफा रहनेछ ।  

राति बागमती र गण्डकीमा आंशिक बदलीको आकलन गरिएको छ । बिहीबार प्रदेश १, गण्डकी र लुम्बिनीका पहाडी भूभागमा आंशिक बदलीको प्रक्षेपण गरिएको छ ।

तराईमा हुस्सु लाग्न थालेको छ । साथै देशभर तापक्रम क्रमिक रूपमा घट्दै गएकाले चिसोबाट बच्न महाशाखाले अनुरोध गरेको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।