१३ माघ २०७९, शुक्रबार

Jan 27, 2023

अर्घाखाँची । अर्घाखाँचीकाे पाणिनी गाउँपालिकाको एउटै गाउँमा करिब पाँच करोडको सुन्तला उत्पादन भएको छ । पाणिनी गाउँपालिका वडा नं. १ सिम्लेमा मात्र यो वर्ष करीव पाँच करोडको सुन्तला उत्पादन भएको हो । यतिवबेला सिम्लेका किसान सुन्तला टिप्न व्यस्त रहेका छन् ।

Advertisement

सिम्ले गाउँमा मात्र व्यवसायिक रुपमा ४९ किसानले सुन्तला खेती गरेका छन् । सुन्तला बिक्रीबाट हरेक किसानले ५ लाखदेखी २८ लाखसम्म आम्दानी गर्ने अनुमान छ ।गत वर्ष २८ लाखको सुन्तला बिक्री गरेका रेवती प्रसाद पौडेलपनि यतिवेला सुन्तला टिप्न ब्यस्त छन् । २० रोपनीमा सुन्तला खेती गरेका पौडेलको बंगैचामा ५ सय ५५ सुन्तलाका विरुवा छन् । यो वर्ष करिब २५० क्विन्टल सुन्तला उत्पादन हुने पौडेलको अनुमान छ ।

२५ वर्षदेखि पारिवारिक रुपमा व्यावसायिक रुपमा सुन्तला खेतीमा लागेका माधव पौडलको बारीमा ५०० सुन्तलाका बोट छन् । पेशाले पत्रकारीतासमेत गर्दै आएका पौडेलले १५ रोपनीमा सुन्तला लगाएका छन् । सुन्तला बगैँचाबाटै हिजाेआज प्रतिकेजी ७० रुपैँयामा बिक्री भएको छ । उत्पादित सुन्तला बेमौसममा बिक्री गर्नका लागि लुम्बिनी प्रदेश सरकार र स्थानीय कृषकहरूको अग्रसरमा ५० प्रतिशत अनुदानमा शिवशक्ति शीत भण्डारको स्थापना गरिएको छ । यद्यपि गतवर्ष कोल्डस्टोरमा राखिएका सुन्तला कुहिएपछि यो वर्ष कोल्ड स्टोरमा सुन्तला राख्ने कि नराख्ने भन्नेमा किसानहरु दोधारमा छन् । 

गतवर्षभन्दा सुन्तला उत्पादन बढेको अर्घाखाँचीमा यो वर्ष करिब २५ करोडको सुन्तला उत्पादन हुने प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना , परीयोजना कार्यान्वयन इकाइले जानकारी दिएको छ । अर्घाखाँचीमा पणेना, पटौटी, खिदिम, छत्रदेवको भगवती, मालारानीको मरेङ्ग, खन, साकिन्धारा, लगाएतका ठाउँका करिब १२०० हेक्टरमा सुन्तला खेती गरिएको छ ।
 

प्रतिकृया दिनुहोस्

Flash News

रवि लामिछानेले प्रधानमन्त्रीसमक्ष बुझाए राजीनामा सर्वोच्चको फैसलालाई स्वीकार्दै रविले भने : म अनागरिक भए ठेकेदारको ढिला सुस्ती विरुद्ध सोच्नै पर्ने भयो : गोकर्ण बिष्ट रवि लामिछानेको सांसद पद खारेज लमजुङमा बालबालिकाले विद्यालयमै च्याउ उत्पादन गरे राष्ट्रपतिमा राष्ट्रिय सहमतिको पहल गर्ने माओवादीको निर्णय बुटवलको इन्टलेक्चुअल स्कुलमा खेलकुदको पुरस्कार वितरण बुटवलमा अक्सिजन सुविधासहितका दुई स्वास्थ्य केन्द्रको निर्माण शुरु निर्वाचन समिक्षा प्रतिवेदन बुझाउन कांग्रेस रुपन्देहीको परिपत्र सर्वोच्च परिसरमा सुरक्षा बढाइयो रवि लामिछानेको नागरिकता विवाद- न्यायाधीशहरु फैसलाको तयारीमा जुटे केपी ओली कप फुटबल प्रतियोगिता हुने, विजेताले १० लाख रुपैयाँ पाउने लुम्बिनी प्रदेशका ४ सहित १६ जिल्लामा कुष्ठरोगीहरुको संख्या उच्च बेलहिया माविमा आधुनिक बाल कक्षा अनिवार्य मार्जिन र आयातमा प्रतिबन्ध लगाउँदा राजश्व संकलनमा असर दिप बोर्डिङमा खाना महोत्सब पर्दामा फर्कंदै मुन्नाभाइ र सर्किटको जोडी नरेन्द्र मोदीलाई ग्रेटर नेपालको ज्ञापनपत्र- गुन्जी नेपालको हो, गतिविधि अन्त्य गर्नू रवि लामिछानेविरुद्धको मुद्दामा बहस सकियो पठानले राखेका यी १० रेकर्ड