ताजा अपडेट »

भैरहवामा मँगलबारदेखि १९ औं सामुहिक खेलकुद महोत्सव, १८ विद्यालय सहभागी हुँदै

सोमबार, १९ मंसिर २०७९, १८ : ०१
29 Shares

भैरहवा । सामूहिक विद्यालय परिवार रुपन्देहीले मंसिर २० देखि २३ गतेसम्म भैरहवामा ४ दिने १९ औं सामुहिक खेलकुद महोत्सव सञ्चालन गर्ने भएको छ । भैरहवा क्षेत्रमा रहेका नीजि विद्यालयहरुको यस संस्थाले स्थापनादेखि वार्षिक रुपमा खेलकुद महोत्सव गर्दै आएको र यस पटक संस्थाले १९ आंै संस्करण अन्र्तगत ‘जोश र उत्साहका लागि खेलकुद’–भन्ने नारा सहित खेल महोत्सव आयोजना गरेको परिवारका अध्यक्ष उदय कुमार मल्लिकले जानकारी दिए ।

नीजि विद्यालयहरु बीच आपसी सम्बन्ध कायम गर्ने तथा संस्थामा आबद्ध विद्यार्थीहरुको बौद्धिक, शैक्षिक, सांस्कृतिक, खेलकुद लगायतका प्रतिष्पर्धात्मक क्रियाकलाप गराउनु महोत्सवको लक्ष्य रहेको उनले बताए । आफूहरुले सामाजिक उत्तरदायित्व बहन गर्दै समाज र रािष्ट्रयताप्रति जिम्मेवार असल नागरिक तयार पार्ने उद्देश्य अनुरुप कार्यक्रमहरु गर्दै आएको मल्लिकको भनाई छ । महोत्सवमा ३ तहमा विभिन खेलहरु खेलाइने छ । सव जुनियर, जुनियर र सिनीयर तहमा छात्र÷छात्रालाई दौड, रिले दौड, बोरा दौड, स्किपिङ दौड, शट–पुट, भभिबल लगायत फरक–फरक खेलहरु खेलाइने छ । प्रतियोगितामा परिवारमा आबद्ध १८ विद्यालयहरुको सहभागीता रहने खेल संयोजक मनोज कुमार यादवले बताए । ४ दिन सम्म सञ्चालन हुने खेलमा १ हजार २ सय बिद्यार्थी खेलाडीहरुले भाग लिने यादवको भनाई छ ।

संस्थाले स्थापनादेखि विद्यार्थी बीच हाजिरीजवाफ, वक्तृत्वकला, वादविवाद, निबन्ध लेखन तथा वाचन, कविता लेखन तथा वाचन, स्मरण खेल, चित्रकला, क्रिकेट, भलिबलहरु जस्ता प्रतियोगिताहरु समेत सञ्चालन गर्दै आएको परिवारका पूर्व अध्यक्ष महेश कुमार भुर्तेलले बताए । पक्लिहवा कृषि क्याम्पस र पक्लिहवा माध्यमिक विद्यालयमा सम्पताहको आयोजना हुँदै छ । खेल पूर्व मँगलबार बिहान साढे ११ बजे भैरहवाको लुम्बिनी गेटबाट प्रतियोगिता स्थलसम्म बिभिन्न झाँकी सहित भब्य र्यालीको आयोजना गरिने आयोजकले बताएको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।