ताजा अपडेट »

वुहानस्थित प्रयोगशालाका वैज्ञानिक भन्छन्–कोभिड-१९ मान्छेले नै बनाएको भाइरस हो

सोमबार, १९ मंसिर २०७९, १४ : ५७
24 Shares

बेइजिङ ।  चीनको वुहानस्थित एउटा विवादास्पद अनुसन्धान प्रयोगशालामा काम गर्ने एक अमेरिकी वैज्ञानिकले कोभिड १९ एक ‘मानव निर्मित भाइरस’  भएको र त्यो अनुन्धान फ्यासिलिटबाट चुहावट भएको बताएका छन् । 

कोभिड दुई वर्ष पहिले राज्यद्वारा सञ्चालित र वित्तीय अनुदान प्राप्त अनुसन्धान केन्द्र वुहान इन्स्टिच्युट अफ भाइरोलोजी (डब्ल्यूआईभी)बाट चुहावट भएको बेलायती अखबार द सनमा अमेरिकास्थित अनुसन्धानकर्ता एन्ड्र्यु हफको भनाइ उद्धृत गर्दै न्यु योर्क पोस्टले रिपोर्ट गरेको छ । महामारीविज्ञ हफले आफ्नो पछिल्लो पुस्तक ‘द ट्रुथ अबाउट वुहान’मा अमेरिकी सरकारको आर्थिक सहयोगका कारण महामारी फैलिएको दाबी गरेका छन् । हफको पुस्तकका अंशहरू बेलायतको ट्याब्लोइड द सनमा बाहिर आएको छ।

हफको पुस्तकका अंशहरू बेलायतको ट्याब्लोइड द सनमा बाहिर आएको छ । न्युयोर्क पोस्टको रिपोर्टअनुसार हफ संक्रामक रोगहरूको अध्ययन गर्ने न्युयोर्कस्थित गैर–नाफामुखी संस्था इकोहेल्थ एलायन्सका पूर्व उपाध्यक्ष हुन् । हफले आफ्नो पुस्तकमा दाबी गरेका छन की चीनको ‘गेन–अफ–फङ्सन’ प्रयोग अपर्याप्त सुरक्षाका साथ सञ्चालन गरिएको थियो, जसका कारण वुहान प्रयोगशालामा चुहावट भयो । 

१९ को उत्पत्तिलाई लिएर वुहान बहसको केन्द्र बनेको छ । दुबै चिनियाँ सरकारी अधिकारीहरू र प्रयोगशाला कामदारहरूले भाइरसको उत्पत्ति त्यहाँ भएको कुरालाई अस्वीकार गरेका छन् ।-एजेन्सी
 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।