ताजा अपडेट »

दोलखामा मतान्तर घटाउँदै शिवाकोटी

सोमबार, १९ मंसिर २०७९, ०६ : ५४
12 Shares

काठमाडौं । दोलखाको प्रतिनिधिसभातर्फको ताजा मतपरिणाम सार्वजनिक भएको छ । जिल्ला निर्वाचन कार्यालयका अनुसार माओवादी केन्द्रका गंगा कार्की ३३००६ मतसहित अगाडि छन् । 

उनलाई एमालेका बालकृष्ण शिवाकोटीले ३२८२३ मतसहित पछ्याइरहेका छन् ।  उनीहरुबीच १८३ मतको अन्तर छ । 

अब गणना हुँन विगु गाउँपालिका १ (लामावगर), २ (ओराङ), ३ (बुलुङ), शैलुङ गाउँपालिका १ (दुधपाेखरी), २ (भुषाफेदा)

र मेलुङ गाउँपालिका १ (पवटी), ३ (माथिल्लो घ्याङ) बाँकी रहेको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।