ताजा अपडेट »

प्रतिनिधिसभाका १६५ मध्ये १६४ स्थानको परिणाम सार्वजनिक

आइतबार, १८ मंसिर २०७९, १५ : ५१
62 Shares

काठमाडौं । ४ मंसिरमा सम्पन्न प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्षतर्फको १६५ मध्ये १६४ सिटको मतपरिणाम सार्वजनिक भएको छ । निर्वाचन आयोगको तथ्यांकअनुसार १६४ स्थानको मतगणना सम्पन्न भएको र दोलखाको मतगणना जारी छ । 

आयोगका अनुसार कांग्रेस ५७ स्थानसहित सबैभन्दा ठूलो दल बनेको छ । यस्तै, दोस्रो स्थानमा ४४ सिटसहित एमाले, १७ सिटसहित माओवादी केन्द्र तेस्रो स्थानमा छ । चौथो स्थानमा रहेकाे एकीकृत समाजवादीले १० सिट ल्याएको छ भने राप्रपा, नेपाल राष्ट्रिय स्वतन्त्र पार्टी र जनता समाजवादी पार्टीले सात-सात सिट ल्याएका छन् ।

यस्तै, अन्य दलहरू लोसपाले चार सिट, नागरिक उन्मिुक्ती पार्टी तीन सिट, राष्ट्रिय जनमोर्चा, नेमकिपा, जनमत पार्टीले एक-एक सिट जितेका छन् । देशभर स्वतन्त्र रुपमा उठेका उम्मेदवारमध्ये पाँच जनाले विजयी हासिल गरेका छन् । 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।