१३ माघ २०७९, शुक्रबार

Jan 27, 2023

काठमाडौं । नेकपा एकीकृत समाजवादीले माओवादी केन्द्रसँग एकता हुन लागेको हल्ला निराधार रहेको जनाएको छ । केही दिनदेखि विभिन्न सञ्चार माध्यमबाट भइरहेको एकीकृत समाजवादी र माओवादी केन्द्रबीच तत्काल एकता हुँदै छ भन्ने फैलिएको हल्ला निराधार रहेको एकीकृत समाजवादीका महासचिव वेदुराम भुसालले जानकारी दिए । 

एकीकृत समाजवादी र माओवादी केन्द्रबीच तत्काल एकता हुन लागेको प्रचारप्रति आफ्नो पार्टीको गम्भीर ध्यानाकर्षण भएको भन्दै उनले यो हल्ला निराधार रहेको जिकीर गरे । नेपाली कम्युनिष्ट आन्दोलनलाई एकतावद्ध बनाउनु पर्ने आवश्यकता छ भन्नेमा एकीकृत समाजवादी प्रस्ट रहेको भए पनि अहिले त्यस सम्बन्धमा कुनै छलफल, वार्ता वा सम्वाद नभएको महासचिव भुसालले भने । 

भ्रममा नपर्ने आग्रह गर्दै उनले जारीको विज्ञप्तिमा भनिएको छ,  ‘विगत केही दिनदेखि विभिन्न संचार माध्यममा भैरहेको नेकपा (एकीकृत समाजवादी) र नेकपा (माओवादी केन्द्र) बीच तत्काल एकता हँुदै छ भन्ने प्रचारप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको र स्पष्ट पार्न चाहन्छौँ कि यो प्रचार पूर्णतः निराधार हो, यसमा कुनै सत्यता छैन । नेपाली कम्युनिष्ट आन्दोलनलाई एकतावद्ध बनाउनु पर्ने आवश्यकता छ भन्नेमा हामी प्रष्ट छौँ । तर, अहिले त्यस सम्बन्धमा निर्णय त के कुनै छलफल, वार्ता वा सम्वाद केहि पनि भएको छैन । हुँदै नभएको प्रचार गराएर भ्रम सिर्जना गर्न खोजिएकाले त्यस्तो भ्रममा नपर्न सबैमा अनुरोध छ ।’ 
 

Advertisement

प्रतिकृया दिनुहोस्

Flash News

रवि लामिछानेले प्रधानमन्त्रीसमक्ष बुझाए राजीनामा सर्वोच्चको फैसलालाई स्वीकार्दै रविले भने : म अनागरिक भए ठेकेदारको ढिला सुस्ती विरुद्ध सोच्नै पर्ने भयो : गोकर्ण बिष्ट रवि लामिछानेको सांसद पद खारेज लमजुङमा बालबालिकाले विद्यालयमै च्याउ उत्पादन गरे राष्ट्रपतिमा राष्ट्रिय सहमतिको पहल गर्ने माओवादीको निर्णय बुटवलको इन्टलेक्चुअल स्कुलमा खेलकुदको पुरस्कार वितरण बुटवलमा अक्सिजन सुविधासहितका दुई स्वास्थ्य केन्द्रको निर्माण शुरु निर्वाचन समिक्षा प्रतिवेदन बुझाउन कांग्रेस रुपन्देहीको परिपत्र सर्वोच्च परिसरमा सुरक्षा बढाइयो रवि लामिछानेको नागरिकता विवाद- न्यायाधीशहरु फैसलाको तयारीमा जुटे केपी ओली कप फुटबल प्रतियोगिता हुने, विजेताले १० लाख रुपैयाँ पाउने लुम्बिनी प्रदेशका ४ सहित १६ जिल्लामा कुष्ठरोगीहरुको संख्या उच्च बेलहिया माविमा आधुनिक बाल कक्षा अनिवार्य मार्जिन र आयातमा प्रतिबन्ध लगाउँदा राजश्व संकलनमा असर दिप बोर्डिङमा खाना महोत्सब पर्दामा फर्कंदै मुन्नाभाइ र सर्किटको जोडी नरेन्द्र मोदीलाई ग्रेटर नेपालको ज्ञापनपत्र- गुन्जी नेपालको हो, गतिविधि अन्त्य गर्नू रवि लामिछानेविरुद्धको मुद्दामा बहस सकियो पठानले राखेका यी १० रेकर्ड