ताजा अपडेट »

बाजुरापछि दोलखा (ख) मा पनि रोकियो मतगणना

शुक्रबार, १६ मंसिर २०७९, १४ : ३०
2 Shares

काठमाण्डौं । बाजुरापछि दोलखामा पनि मतगणना रोकिएको छ । बाजुरामा मुचुल्काभन्दा बढी मत खसेको देखिएपछि प्रतिनिधिसभाको मतगणना रोकिएको थियो ।

बाजुराको हिमाली गाउँपालिका–६ धिम मतदान केन्द्रको मतगणनाका क्रममा मुचुल्काभन्दा बढी मत आएपछि मतगणना रोकिएको हो । प्रतिनिधिसभाको मतगणना गर्दा मतदान अधिकृतले मुचुल्का गरेकोभन्दा ४० मत बढी खसेको पाइएको थियो ।

यता, दोलखा (ख) मा खसेको मतमध्ये मतपेटिकामा १४७ मत नभेटिएपछि मतगणना स्थगित भएको छ । अहिले सुरक्षा निकायका प्रमुख र मुख्य निर्वाचन अधिकृतको टोली छलफलमा बसिरहेको छ । उक्त छलफलपछि सर्वदलीय बैठक बोलाउने तयारी भएको छ । यो प्रदेशमा कांग्रेसबाट बर्मा लामा र एमालेका भरत केसी प्रतिस्पर्धामा छन् ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।