ताजा अपडेट »

मुचुल्काभन्दा बढी ४० मत देखिएपछि रोकियो बाजुरामा मतगणना

शुक्रबार, १६ मंसिर २०७९, १० : ५७
20 Shares

बाजुरा । निर्वाचन सम्पन्न भएको १२औँ दिनमा थालिएको बाजुराको मतगणना पुन रोकिएको छ । बिहीबारबाट थालिएको मतगणना शुक्रबार पुनः मुचुल्काभन्दा बढी मत देखिएपछि प्रतिनिधिसभातर्फको गणना रोकिएको हो । हिमाली गाउँपालिका–६ धिम मतदान केन्द्रको मतगणनाका क्रममा मुचुल्काभन्दा बढी ४० मत देखिएपछि गणना रोकिएको हो । 

मतगणनाको पछिल्लो अपडेटअनुसार प्रतिनिधिसभातर्फ कांग्रेस उम्मेदवार बद्री पाण्डेले ५ हजार ४१९ मत ल्याएर अग्रता लिइरहेका छन् । उनलाई एमाले उम्मेदवार कर्णबहादुर थापाले ४ हजार १२९ मतसहित पछ्याइरहेका छन् । बाजुरामा कुल मतदात ८३ हजार ५६७ रहेकोमा प्रतिनिधिसभातर्फ ५९ हजार ७६५ मत खसेको छ ।  
 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।