ताजा अपडेट »

प्रतिनिधिसभाको ३ ठाउँमा जारी मतगणनामा कांग्रेस र माओवादीको अग्रता

शुक्रबार, १६ मंसिर २०७९, ०८ : १७
24 Shares

बुटवल । प्रतिनिधिसभा निर्वाचनको ३ ठाउँमा जारी मतगणनामा नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्रका उम्मेदवारले अग्रता कायम राखेका छन् । गणना जारी रहेका २ ठाउँमा काँग्रेस तथा एक ठाउँमा माओवादीले अग्रता कायम गर्दा नेकपा एमालेका उम्मेद्वार पछि परेका छन् । स्याङ्जा २, बाजुरा र दोलखामा मतगणना भइरहेको छ ।

स्याङ्जा २ र बाजुरामा नेपाली कांग्रेस र दोलखामा नेकपा माओवादी केन्द्रले अग्रता लिएको छ । स्याङ्जा–२ मा २८ हजार ५८३ मतगणना हुँदा नेपाली कांग्रेसका उम्मेदवार धनराज गुरुङको अग्रता कायम गरेका छन् । उनी निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार पदमाकुमारी अर्यालभन्दा २ हजार ४१८ मतले अगाडि छन् । मतगणनाअनुसार कांग्रेस उम्मेदवार गुरुङले ११ हजार ९२० मत प्राप्त गर्दा एमालेकी अर्यालले ९ हजार ५०२ मत ल्याएकी छन् ।

बाजुरामा नेपाली कांग्रेसका बद्रीप्रसाद पाण्डेले अग्रता लिएका छन् । पाण्डेले ४ हजार २१४ मत पाउँदा नेकपा एमालेका कर्णबहादुर थापाले ३ हजार ६६ मत पाएका छन् ।

दोलखामा नेकपा माओवादी केन्द्रका गंगा कार्कीले अग्रता लिएका छन् । कार्कीले १ हजार ६५४ मत पाउँदा नेकपा एमालेका बालकृष्ण शिवाकोटीले ९११ मत पाएका छन् । 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।