ताजा अपडेट »

सत्तापक्षले गरेको धाँधलीलाई निर्वाचन आयोगले वैधता दियो : शंकर पोखरेल

विहीबार, १५ मंसिर २०७९, ०९ : १९
30 Shares

बुटवल । नेकपा एमालेका महासचिव शंकर पोखरेलले निर्वाचनमा सत्तापक्षले सेटिङ मिलाएर गरेको धाँधलीलाई निर्वाचन आयोगले वैधता दिएको आरोप लगाएका छन् । पोखरेलले सामाजिक सञ्जालमार्फत यस्तो आरोप लगाएका हुन् । सामाजिक सञ्जालमा उनले लेखेका छन्, ‘स्याङजा र बाजुरामा सत्तापक्षले सेटिङ मिलाएर गरेको नाङ्गो धाँधलीलाई निर्वाचन आयोगले वैधता प्रदान गर्नुले गम्भीर चिन्ता बढाएको छ ।’

विवादित रहेको स्याङ्जा–२ मा मृतक र विदेशमा भएका मतदाताका नाममा खसाइएको मतसमेत सदर हुनेगरी आयोगले गणनाको निर्देशन दिएको छ । आयोगकै टोलीले त्यहाँ मृत्यु भएका २५ र विदेशमा भएका १ सय २५ जनाका नाममा मत खसाइएको अध्ययन प्रतिवेदन बुझाएको थियो । तर टोलीले पुनः निर्वाचन गर्नुपर्ने आधार नदिएको भन्दै आयोगले मंसिर ४ मा खसाइएको मतलाई नै गणना गर्न बुधबार निर्देशन दिएको थियो  । स्याङ्जा र बाजुरामा कांग्रेस र एमालेले एकअर्कामाथि बुथ कब्जाको आरोप लगाउँदै आएका छन् ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।