ताजा अपडेट »

भरुवा बन्दुकसहित एकजना पक्राउ

सोमबार, १२ मंसिर २०७९, १७ : ४१
2 Shares

काठमाडौं । भरुवा बन्दुकसहित एकजना पक्राउ परेका छन् । पर्वतको मोदी गाउँपालिका-२ देउपुरका २४ वर्षीय सागर जैसीलाई अवैध एकनाले भरुवा बन्दुकसहित आइतबार पक्राउ गरेको प्रहरीले जनाएको छ ।

विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय पर्वतबाट खटिएको टोलीले जैसीको घर तलासी गर्दा कालो कम्बलले बेरेर लुकाई छिपाई राखेको अवस्थामा उक्त बन्दुक फेला परेपछि उनलाई पक्राउ गरेको जनाइएको छ । पक्राउ परेका जैसीमाथि थप अनुसन्धान भइरहेको समेत प्रहरीले बताएको छ । 
 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।