ताजा अपडेट »

रौतहट नगएको भए मलाई नै हराउने रहेछन् : माधव नेपाल

आइतबार, ११ मंसिर २०७९, १८ : ३१
26 Shares

काठमाडौं । रौतहटबाट चुनाव जितेर काठमाडौं फर्किएपछि नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले रौतहट नभएको भए आफूलाई नै चुनाव हराउने अभिव्यक्ति दिएका छन् ।

सुविधानगरस्थित पार्टी केन्द्रीय कार्यालयमा भेला भएका नेता–कार्यकर्ताबाट आइतबार बधाई थाप्दै नेपालले रौतहट १ बाट नगएको भए आफूलाई पराजित गर्ने खेल हुने देखिएको बताए । प्रतिनिधिसभा सदस्यमा रौतहट १ बाट निर्वाचित भएका नेपालले नेकपा एमालेका अजयकुमार गुप्तालाई ६ हजार ६ सय मतान्तरले पराजित गरेका छन् ।

नेपाललाई भेट्न गएका नेता कार्यकर्ताहरुले समानुपातिक तर्फ पार्टीको थोरै मत आएको भन्दै चिन्ता गरेका थिए । ३ प्रतिशतको थ्रेसहोल्ड पार गर्न नसकेर राष्ट्रिय पार्टी नबनिने हो कि भन्ने चिन्ता उनीहरुमा थियो ।अध्यक्ष नेपालले भने अझै मतगणना जारी रहेको भन्दै नआत्तिन आग्रह गरे । 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।