ताजा अपडेट »

विवाद र दुरी कायम गरेर होइन, संवाद र सहमतिमा अघि बढौं : एमाले उपाध्यक्ष पौडेल

शनिबार, १० मंसिर २०७९, २० : ३५
20 Shares

बुटवल । नेकपा एमालेका उपाध्यक्ष तथा नव निर्वाचित प्रतिनिधिसभा सदस्य विष्णु प्रसाद पौडेलले साझा आवश्यकताहरुलाई पहिचान गरी दलहरु अघि बढ्न आह्वान गरेका छन् । विवाद र दुरी खोजेर नभई संवाद र सहमती खोजेर अघि बढ्नु पर्ने आवश्यकता औल्याएका छन् ।

मंसिर-४ मा सम्पन्न प्रतिनिधि तथा प्रदेश सभाको निर्वाचनको अन्तिम मत परिणामपछि निर्वाचित भएको प्रमाणपत्र बुझे लगत्तै बुटवल नगर परिक्रमापछि आयोजित कोणसभामा बोल्दै पौडेलले सबै दल मिलेर साझा अवधारणाकासाथ अघि बढ्नु पर्ने बताए । मतदाता तथा निर्वाचनमा सहभागी सबै दल तथा स्वतन्त्र उम्मेदवारहरुलाई समेत धन्यवादसहित आभार व्यक्त गर्दै आफूले सबैलाई समेटेर अघि बढ्नेप्रतिवद्धता व्यक्त गरेका छन् ।

जनताको सम्मान र स्वाभिमानमा आच आउन नदिने गरि नेकपा एमालेले जनाएका चुनाबी प्रतिवद्धताहरु पूरा गर्ने पौडेलले प्रतिवद्धता गरे । रुपन्देहीमा निर्माणाधिन आयोजनाहरुको प्रभावकारी कार्यान्वयनका जोड दिँदै जनअपेक्षा अनुसार अघि बढ्ने उल्लेख गरे । सोही कार्यक्रममा बोल्दै रुपन्देही-२(१) बाट प्रदेशसभाका लागि निर्वाचित एमाले नेता लिला गीरीले  सामुहिक भावनालाई समेट्नेगरी अघि बढ्ने उल्लेख गरे । यसैगरी प्रदेशसभा तर्फ रुपन्देही-२ (२) बाट निर्वाचित भोजप्रसाद श्रेष्ठले सुशासन र भ्रषटाचारमा शून्य सहनशिलता अपनाएर जनताको सेवामाअघि बढ्ने उल्लेख गरे । 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।