ताजा अपडेट »

रुपन्देही-३ मा ८४ हजार ७४ मत गणना, दिपक बोहोराको अग्रता कायमै

शनिबार, १० मंसिर २०७९, ०७ : ४७
8 Shares

बुटवल । मंसिर–४ मा सम्पन्न प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनको जारी मतगणनामा रुपन्देही–३ मा राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार दिपक बोहोराले अग्रतालाई कायमै राखेका छन् । बोहोराले हलो चिन्हमा ३२८४८ मतका साथ अग्रता कायम राखेका हुन् ।

यस क्षेत्रमा हालसम्म ८४ हजार ७४ मत गणना सकिएको छ । गृहमन्त्री तथा नेपाली काँग्रेसका नेता बालकृष्ण खाँड ३१ हजार ६ मतकासाथ दोस्रो स्थानमा रहेका छन् । गनेका मध्ये बदर मत ४७१३ रहेको छ । प्रदेश सभा सदस्यमा तुलसी प्रसाद चौधरीले सुर्य चिन्हमा १३ हजार ४२२ प्राप्त गर्दा नेपाली काँग्रेसका रामचन्द्र ढकालले रुख १३ हजार ३६७ मतकासाथ पछ्याईरहेका छन् । आज विहान ११ बजेसम्म गणनाको सबै काम सम्पन्न गर्नेगरी काम भैरहेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।