ताजा अपडेट »

एमाले उपाध्यक्ष विष्णु पौडेल रुपन्देही-२ बाट निर्वाचित

शुक्रबार, ०९ मंसिर २०७९, २० : ५७
28 Shares

बुटवल । नेकपा एमालेका उपाध्यक्ष विष्णु प्रसाद पौडेल रुपन्देही क्षेत्र नम्बर २ बाट निर्वाचित भएका छन् । पौडेलले सूर्य चिन्हमा २७१४८ मत प्राप्त गर्दै विजयी भएका हुन् ।

उनले निकटतम प्रतिस्पर्धी राष्ट्रिय स्वतन्त्र पार्टीका गणेश पौडेललाई १३६६ मतान्तरले पछि पार्दै विजयी भएका हुन् । स्वतन्त्र पार्टीका पौडेलले २५७८२ मत प्राप्त गरेका छन् ।

यसैगरी गठबन्धन दल राष्ट्रिय जनमुक्ति पार्टीका केशब सुर्यवंशीले २२०१० मत प्राप्त गरेका छन् । रुपन्देही-२ मा कूल ८० हजार ६५१ मत खसेको थियो । ३१९३ मत बदर भएको थियो । एमाले उपाध्यक्ष पौडेल लगातार चौथो पटक रुपन्देहीबाट निर्वाचित भएका हुन् ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।