ताजा अपडेट »

रुपन्देही-२ मा विष्णु पौडेलको अग्रता कायमै, ३ हजार ९१६ मत गन्न बाँकी

शुक्रबार, ०९ मंसिर २०७९, २० : २०
16 Shares

बुटवल । रुपन्देही-२ प्रतिनिधिसभा तर्फ जारी मतगणनामा नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले मतान्तरलाई कायम राखेका छन् ।  पौडेलले पछिल्लो मत परिणाम अनुसार सूर्य चिन्हमा २५९६४ मत प्राप्त गरेका छन् । एमाले उपाध्यक्ष पौडेलले १०६५ मतले अघि रहेका छन् ।

यसैगरी राष्ट्रिय स्वतन्त्र पार्टीका गणेश पौडेलले पछिल्लो गणनामा दोस्रो स्थानमा रहँदै घण्टी चिन्हमा २४८९९ मत प्राप्त गरेका छन् । यसैगरी गठबन्धन दल राष्ट्रिय जनमुक्ति पार्टीका केशब सुर्यवंशीले २१२४७ मत प्राप्त गरेका छन् ।

विवादपछि विहानदेखि अवरुद्ध बनेको गणना साझ अबेर सुचारु भएको थियो । हालसम्म ७७ हजार ५३ मत गणना भएको छ भने ३ हजार ९१६ मत गणना हुन बाँकी छ । यस क्षेत्रमा ८१ हजार २२ मत खसेको थियो ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।