१७ माघ २०७९, मंगलवार

Jan 31, 2023

बुटवल । रुपन्देही निर्वाचन क्षेत्र नम्बर २ मा मुचुल्कामा रहेको मतपत्र भन्दा मतगणनामा बढी मतपत्र भेटिएको भन्दै सत्ता गठबन्धन र राष्ट्रिय स्वतन्त्र पार्टीका प्रतिनिधिहरुले विरोध गरेपछि मतगणना रोकिएको छ । बिहान ५ः३० बजेबाट रोकिएको मतगणना कार्य सुचारु गराउने प्रयास भइरहेको निर्वाचन अधिकृत उदबीर नेपालीले बताए ।

Advertisement

मतपेटिकामा मुचुल्कामा भन्दा ५० थान मतपत्र बढी देखिएपछि रास्वपाका प्रतिनिधि तथा गठबन्धनका प्रतिनिधिहरुले मतगणना स्थगित गर्न माग गर्दै बिरोध जनाएका छन् । उनीहरु मतगणना छाडेर धर्ना बसेपछि रोकिएको मतगणना अहिले सम्म सुरु भएको छैन ।

मुचुल्कामा लेखिएको मतपत्रको संख्याभन्दा केही फरक परेपनि महिला र पुरुषको मतपत्र भिडाउँदा संख्या मिल्न गएको निर्वाचन अधिकृत नेपालीले दाबी गरे । गठबन्धन लगायत राष्ट्रिय स्वतन्त्र पार्टीका समर्थकहरुले रुपन्देही २ मा पुुन मतदान लगायतका माग राख्दै बिरोध जनाएका छन् ।

यस्तो छ घटनाको विवरण
मंसिर-४ मा सम्पन्न निर्वाचन अन्तरगत रुपन्देही क्षेत्र नम्बर-२ काे लुम्बिनी बाणिज्य क्याम्पस ‘ड’ मा जम्मा मत ६२९ खसेको थियो । उक्त मतको संख्यासमेत उल्लेख गरि मुचुल्का तयार पारी निर्वाचान अधिकृतको कार्यालय बुटवल-४ मा रहेको बुटवल उपमहानगरको कार्यालयमा ल्याउने काम समेत सम्पन्न भयो । मतदान केन्द्रमा ३८८ जना महिला र पुरुष २४१  गरी जम्मा ६२९ मत खसेको कुरा मुचुल्कामा उल्लेख गरिएको छ ।

उक्त तत्थ्याङ्कलाई निर्वाचन कार्यालयको कम्युटरमा प्रविष्ट गर्ने समयमा भने महिलाको सङ्ख्या फरक पर्न गएको छ । वास्तविक सङ्ख्या महिलाको मत ३८८ हुनु पर्नेमा टाइपिङ फरक परी ५० मत कम देखिने गरी ३३८ लेखिएको छ । यसरी महिलाको फरक तत्थ्याङ्कसहितको मत र पुरुषको मत जोडेर ५७९ कम्प्युटरमा प्रविष्ट गरिएको छ । मतमेटिकामा र मुचुल्कामा उल्लेख गरिएको एकमुष्ट सङ्ख्या ६२९ नै हुनु पर्नेमा अन्यथा भएको देखिन्छ ।

कम्प्युटरमा प्रविष्ट गर्ने समयमा फरक सङ्ख्या उल्लेख गरिएको कुरा स्वीकार गर्दै निर्वाचन आयोगले मतपेटिकामा भएको र मुचुल्कामा भएको सङ्ख्या नै सही भएको स्पष्ट पारेको छ । कम्प्युटरमा डाटा फरक देखिनुमा नियतबस नभई प्राविधिक कारणले त्रुटी भएको र कहिलेकाँही हुने मानवीय त्रुटीलाई ठूलो बनाउन नहुने भन्दै एक पक्षले भने गणना सुचारु गर्न माग गरेका छन् ।

प्रतिकृया दिनुहोस्

Flash News

लिदी पहिरोबाट विस्थापित ४१ घरधुरीले पाए जग्गाधनी पुर्जा नेतृत्वप्रति वितृष्णा कथनी र करनी बीचको अन्तरको प्रतिफल एसियन हाइड्रोपावरकाे २७ माघदेखि आईपीओ खुल्ने पालिकाबाटै सीसी क्यामेराले रोहिणीको निगरानी गृहमन्त्री पदले सत्तासाझेरमा खटपट : रविको प्रस्तावमा सकारात्मक देखिएनन् प्रधानमन्त्री अभिव्यक्ति स्वतन्त्रता र सूचनाको हकको सुनिश्चित गर्न सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री सुनको मूल्य ५०० रुपैयाँले घट्यो ट्रान्सपरेन्सी रिपोर्ट : नेपालमा झन बढ्यो भ्रष्टाचार, ३४ अंकसहित ११० औं स्थानमा प्रधानमन्त्री र रवि लामिछानेबीच भेटवार्ता प्रि-ओपन सेसनमा नेप्से २.९१ अंकले बढ्यो बालापन झल्काउने गणेशको ‘चियावाला’, हजुरबुवादेखिको पेशालाई नयाँ स्वरुपमा ‘ब्राण्डिङ’ मन्नतको बालकोनीमा किन जान्छन् शाहरुख ? सहकारीको ऋण चुक्ता नगर्ने आठ ऋणीको जग्गा रोक्काका लागि मालपोतमा निवेदन वृद्धाभत्ता नदिएको भन्दै छोराले गरे बन्चरोले हानेर आमाको हत्या प्रचण्डलाई नेकपा एसको ज्ञापनपत्र- चरम आर्थिक संकट पर्‍याे (पूर्णपाठ) बैतडीका २० बर्षीय युवक चार दिनदेखि बेपत्ता प्रधानमन्त्री प्रचण्डलाई भेट्न बालुवाटार पुगे रवि लामिछाने मर्स्याङ्दीपारीबाट वैकल्पिक सडक स्तरोन्नति गर्न पहल यस्ताे छ विदेशी मुद्राकाे विनिमय दर डिएसपीसहित ८ सुरक्षाकर्मी मारिएको टिकापुर घटनाको सर्वोच्चमा आज पेसी